घरेलु उत्पादन एलोभेरा तथा तितेपाती समावेश जैविक साबुनको सार्वजनिक

Share this news

मजुवा, 22 जुलाई (निसं): रंगीत मजुवामा घरेलु उद्योगद्वारा निर्मित एलोभेरा तथा तितेपाती समावेश गरिएको जैविक नुहाउने साबुनको औपचारिक सार्वजनिक गरिएको छ। ग्राम पञ्चायत प्रधान रोगेन वाङ्दी लेप्चाको न्यानो आतिथ्यमा सम्पन्न कार्यक्रममा पूर्वप्रधान सविन राई लगायत क्षेत्रका विभिन्न समाज तथा संघ–संस्थाका प्रतिनिधिहरू, डा. राधाकृष्णन् उच्चतर माध्यमिक विद्यालयका शिक्षकगण तथा स्थानीय जनसाधारणहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।शिक्षक प्रवीण राईद्वारा सञ्चालित कार्यक्रममा घरेलु उत्पादन साबुन  उत्पादक विशन राईले आफ्ना अनुभव र भावना व्यक्त गर्दै स्थानीय स्रोतसाधनको प्रयोगद्वारा निर्मित उत्पादनलाई सबैले साथ र प्रोत्साहन प्रदान गर्न आग्रह गर्नुभयो। उहाँले आगामी दिनमा अन्य विविध प्रकारका घरेलु जैविक उत्पादनहरू गर्न सकिने विश्वास व्यक्त गर्दै सामूहिक सहकार्य र सद्भाव आवश्यक रहेको बताउनुभयो।
ग्राम पञ्चायत प्रधान रोगेन वाङ्दी लेप्चाले आफ्नो मन्तव्यमा मजुवा ग्राम पञ्चायतभित्र यस्ता सिर्जनात्मक तथा आत्मनिर्भरतालाई प्रोत्साहन गर्ने कार्यक्रमको आयोजना भएकोमा हर्षप्रकट गर्दै यसले स्थानीय स्तरमा उद्यमशीलताको विकासमा प्रेरणा दिने विश्वास व्यक्त गर्दै यसरी नै युवापुस्ताले नयाँ आयम र प्रोत्साहनजनक कार्यहरूमा आफुलाई दृढ संकल्पको साथ लगनशीलताले कामहरू गर्दै अघाडी बडिरहे गाउँ क्षेत्रको नाम रोशन गर्ने पूर्ण भरोसा रहेको बताउदै, आगामी दिनहरूमा आफ्नो तर्फबाट आवश्यक सहयोग प्रदान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमको समापनतर्फ आयोजक पक्षको तर्फबाट खालिङ गाउँ नविन युवा समाजका सचिव विशाल राईले उपस्थित सम्पूर्ण अतिथिहरूप्रति आभार प्रकट गर्दै हार्दिक धन्यवाद ज्ञापन गरे।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त