पार्टीभित्र बस्न नसकिने भाजपा मण्डलअध्यक्षहरु भनाइ 

Share this news

दार्जीलिङ,21 जुलाई(निसं): केन्द्र सरकारले गोर्खा समुदायको मुद्दाप्रती हालसम्म केहि काम नगरेपछि विपक्षी पाटीहरु तथा गोर्खा सरोकारवालाहरु सगै पार्टीभित्रै पनि विस्तारै निराशापन शुरु हुन थालेको छ भने केन्द्र सरकारले गोर्खाको मुद्दामाथि केही काम नगरे कार्यकर्ताहरु पार्टीभित्र बसेर काम गर्न नसकिने स्वरहरु उठ्न थालेको छ। यसैबीच शनिबार गोर्खा जातिका मुद्दा स्थायी राजनैतिक समाधान अनि गोर्खाका 11 जात गोष्टीहरुलाई अनुसूचित जनजातिको दर्जा दिईने भाजपा सरकारको वाचा विषयलाई लिएर दार्जीलिङ जिल्ला अधिनस्त चुङथुङ- मेरिबोङ -तामसाङ समष्टिमा वरिपरिका दशवटा मण्डलका पुर्व अध्यक्षहरुको साथमा पार्टीका सक्रिय सदस्यहरुको विशेश उपस्थितिमा एक समिक्षा सभा सम्पन्न गरिएको जानकारी छ। भाजपा दार्जीलिङ जिल्ला समितिको जानकारी अनुसार, पुर्व मण्डल अध्यक्ष प्रमोद राईको अध्यक्षतामा सप्पन्न सभामा पार्टीको हालको गतिविधि तथा गोर्खाको मुद्दाप्रती पार्टीले चासो नदेखाउनु अत्यन्तै चिन्ताको विषय रहेको ठहर गरिएको प्रमोद लावती पुर्व मण्डल अध्यक्ष पुल-बिजनबारी गोक मण्डलले बताए भने आफुहरु केवल मुद्दाको निम्ति भाजपामा गएको तथा यसबारेमा पार्टीलाई जानकारी भएको भए पनि हालसम्म केहि नगर्नुमा जनमानस सगै आफुहरुलाई नै शंका लाग्न थालेको उनले बताए। उनले अझ भने, मुद्दाको छिनाफानो चाडो हुन पर्छ भनी पार्टीका वरिष्ठ नेत्रीत्व माननीय प्रधान मंत्री, गृहमंत्री अनि राष्ट्रीय अध्यक्ष जेपी नड्डा समेत गत 2023 सालदेखी पत्रचार गर्दै आएका हौ, साथै जिल्ला सभापति अनि  सांसदलाई बारम्बार सभाद्वारा अनि कोहि  बेला पत्रद्वारा मुद्दाको विषय माथि प्रभावशाली कार्य गर्न पर्छ भनि विन्ती चडाउँदै आएका हौ। तर हालसम्म केहि अत्तोपत्तो छैन।
यसका साथमा यहाँसम्म आउँदा पनि मुद्दा विषयमा भाजपाबाट स्पष्ट नहुँदा आगामी 2016 सालको विधान सभा चुनाव अघि दुई मुद्दालाई सफल हुने कार्यको थालनी हुनपर्छ भनि हाम्रो स्पष्ट अडान छ सभामा उपस्थित अर्को सदस्य तथा चुङथुङ-मेरिबोङ-तामसाङ मण्डलका पुर्व अध्यक्ष प्रमोद राईले बताए । यसका साथै यदि चुनाव अघि मुद्दा पार नलागे यी सक्रिय सदश्यहरु सबैले पार्टीमा बसेर काम गर्न नसकिने सभामा स्पष्ट अडान राखिएको राईले जानकारी गराए ।
सभामा रिम्बिक लोधोमा, रेलिङ कैजले, पुल बिजनबारी, चुङथुङ मेरिबोङ, सदर-1 सुनदह, नागरी लगायत मिरिकका तीनवटा मण्डलहरुका पुर्व अध्यक्षहरु लगायत विभिन्न मण्डलहरुका पार्टीका सक्रिय सदस्यहरुको विशेष उपस्तिथ रहेको सभामा उपस्तिथि पुल-बिजनबारी-गोक मण्डलहरुका पुर्व महासचिव रबिन सुब्बाले जनाएका छन। स्मरण रहोस् , विगत केहि दिनअघि भाजपाले पहाडको विभिन्न मडलहरु अध्यक्षको नामको घोषणपछि दार्जीलिङ जिल्लामा भाजपा अझै कमजोर देखिन थालेको छ भने साच्चै केन्द्र सरकारले पहाडको निम्ति चुई नबोल्नुले पार्टी कार्यकर्ताहरुले शुरु गरेको पार्टीलाई के कति असर पार्नसक्छ त्यो भविष्यले बताउछ पनि पार्टीभित्रै यस्तो गतिविधिले साच्चै  भाजपाप्रती मोहभंग भने शुरु भएको स्पष्ट हुदछ।



Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त