लङभ्यूका चिया श्रमिकहरूद्वारा धर्ना,चियाबारी मालिकविरुद्ध कारवाहीको माग

Share this news

दार्जीलिङ,20 जुलाई (निस): रिजनल पीएफ कार्यालय आघि लडब्यू चिया बगान श्रमिकहरूले धरना प्रदर्शन गरेर बगानका मालिक गोविन्द गर्ग विरूद्ध कार्वाहीको माग गरेको छ। यसबारे जानकारी दिदै हिल प्लान्टेशन इम्प्लोइज युनियनको पक्षमा छेवाङ योञ्जनले भनेअनुसार सन् 1913 सालदेखि लङभ्यू चिया बगानका मालिक गोबिन्द गर्गले नियमित रुपमा पीएफको पैसा जम्मा नगरेको विषय लिएर हिजो हिल प्लान्टेसन इम्प्लोइज युनियनले
सिलगढी रिजनल पीएफ कार्यालयमा धरना प्रदर्शन गरेको थियो। भुक्तभोगी लङभ्यू चिया बगानका श्रमिकहरूले हिजो दिउँसो दार्जीलिङ मोड़बाट सिलगढी जक्सनसम्म जुलूस निकालेका थिए। जक्सन परिसरमा अवस्थित रिजनल पीएफ कार्यालय
पुगेको उक्त जुलूस धरनामा परिणत भएको धर्नामा सयौं चिया श्रमिकहरू उपस्थित थिए। घर्ना अवधि युनियनका केन्द्रीय समिति सचिव छेवाङ योञ्जन, सदस्य तनुजा लामा, लङभ्यू यूनिटका सचिव विन्ध्य थापा, सहसचिव सजिना योञ्जन र
सदस्य कविता पाखरिङले रिजनल पीएफ कमिशनर एसएन घोषसँग भेट गरी 2013 सालदेखि मालिकले पीएफ जमा नगरेको विषयबारे अवगत गराए। कमिशनरसँगको भेट अवधि यी प्रतिनिधि टोलीले दुईवटा ज्ञापन पत्र बुझायो। ज्ञापनपत्रमा पीएफ कानूनको धारा 7 (ए) अन्तर्गत कम्पनी विरूद्ध कारबाही गर्नु पर्ने माग गरिएको छ भने अर्को ज्ञापन पत्रमा बगान स्तरमा देखा परेको पीएफ सम्बन्धित समस्याहरू जस्तै, नाम, जात, लिङ्ग, सम्पर्क नम्बर आदिको संशोधन, अनलाइन पक्रियामा समस्या भइरहेको आदि कुराहरू उल्लेख छ।
यता कमिशनर घोषले श्रमिक प्रतिनिधिहरूलाई सम्बोधन गर्दै आगामी 30 जुलाईको दिन बगान स्तरमा एउटा क्याम्प राख्ने आश्वासन दिएको अनि कम्पनी मालिक विरूद्ध पनि चरणबद्ध रुपमा कारबाही शुरू गर्ने आश्वासन दिएको छेवाङ योञ्जनले बताएका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त