एक रात होटलमा राखेर भाग्ने प्रेमीलाई 10 वर्षको कारावास सजाय

Share this news

दार्जीलिङ,20 जुलाई(निसं):  सामाजिक सञ्जालमा प्रेम भएपछि प्रेमिकालाई विवाह गर्छु भनी दार्जीलिङ  शहरमा बोलाएर एउटा होटलमा राख्दै एक रात बिताएपछि प्रेमीले बिहान एटीएम-मा पैसा झिक्न जान्छु भनी सुईकुच्चा ठोक्ने विक्की शर्मा उर्फ छेत्री(30)-लाई आज शनिबार दार्जीलिङ जिल्ला अदालतको तेस्रो अदालतले दोषी ठहराउँदै 10 वर्षको सश्रम कारावास सजाय अनि 50 हजार रुपियाँको जरिमाना सुनाएको छ। यदि 50 हजार रुपियाँको जरीमाना भुक्तान गर्न नसके दोषीमाथि अझ थप 6 महिनाको कारावास सजाई थपिनेछ भनी दार्जीलिङ जिल्ला अदालत पब्लिक प्रसिक्यूटर प्रणय राईले जानकारी दिए। पब्लिक प्रसिक्यूटर(पीपी) प्रणय राईले यसबारे थप जानकारी दिँदै भने अनुसार, जोरबङ्लो पुलिस थाना अन्तर्गत मुद्दा नम्बर सङ्ख्या 7/2020 अनुसार बिजनबारी नजिक लोवर किजुङ बस्ती निवासी बिक्की शर्मा उर्फ क्षेत्रीलाई जोरबङ्लो थानाले पक्राउ गरेको थियो। उनीमाथि लगाइएको आरोप लाई गवाईहरूको साक्षी साथै मेडिकल जाँच अनि पुलिस अधिकारीको सर्वेक्षणले दोषी पाएपछि उनलाई अदालतले  कारावासको सजाई सुनाइएको हो।पीपी प्रणय राईले घटनाबारे जानकारी दिँदै भने 25 वर्षीय विकी शर्मा उर्फ छेत्री अनि 20 वर्षीय पीडित प्रेमिका माझ सामाजिक सञ्जालको माध्यमद्वारा परिचय भएको थियो। यस परिचयमा उनीहरूवीच प्रेम सम्बन्ध हुन पुगेको थियो, यसरी सामाजिक सञ्जालको प्रेमलाई विवाह गर्ने प्रस्ताव प्रेमीले उनको प्रेमिकालाई राखेपछि पीडित प्रेमिका दार्जीलिङ शहरमा आएर उनीहरु  दार्जीलिङ शहरको एक होटलमा एक रात बसे, अनि भोलि बिहान लगभग 8 बजीतिर प्रेमी बिक्की शर्मा छेत्रीले आफूसित रुपियाँ नभएको अनि नजिकैको एटीएम-बाट रुपियाँ झिकेर ल्याउने कुरा राख्दै प्रेमिकालाई छोडेर गए तर रुपैयाँ लिन जाने प्रेमीले प्रेमिकालाई झुक्काएर गएको घटनालाई लिएर जोरबंगलो थानाले प्रेमी शर्मालाई पक्राउ गरेका थिए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त