27 जुलाई सहिद दिवसमा उपस्थितिको अपिल 

Share this news

दार्जीलिङ,19 जुलाई(निसं): क्रामाकपा(क्रान्तिकारी माक्र्सवादी कम्युनिस्ट पार्टी) मुण्डा बाँसघारीको एक महत्वपूर्ण सभा पार्टीका वरिष्ट सदस्य एनबी प्रधानको सभापतित्वमा सम्पन्न भयो। यस सभामा क्रामाकपा केन्द्रीय महासचिव नर्बु लामा ,दार्जीलिङ आंचलिक समिति सभापति कृष्णबीर राई ,सचिव उद्धव खनाल,सुनदह जोनल सभापति कमरेड अकबर चाम्लिङ, अनर सुब्बाको उपस्थिति रहेको थियो भने सभालाई कमरेड अकबर चाम्लिङले संचालन गरेका थिए भनी क्रामाकपा सुत्रले प्रेस बिज्ञाप्ति मार्फत जानकारी गराएको छ। सुत्रको जानकारी अनुसार,
सभामा क्रामाकपा मुण्डा बाँसधारी साखाको पुरानो कमिटी-लाई  विघटन गरेर नयाँ कमिटी गठन गरियो । देउकुमार छेत्री,  मधुकर प्रधान,  सुनिल राई,  बिरेन सुब्बा,  नविन चामलिंग,  मणि सिन्हा , बिरसिका राई,  मंजिता  राई, सुरैया देवान,  रमेश छेत्री,  दिनेश छेत्री,  महात्मा चामलिंग,  हेम राई, अकबर चामलिंग साथै अनर सुब्बालाई लिएर जम्मा 17 जनाको एक कमिटी गठन गरियो भने सचिव देवकुमार छेत्री, सहसचिव मधुकर प्रधान, कोषाध्यक्ष सुनिल राई रहेका छन् । यस समितिलाई आफ्नो समर्थन अथवा बिरोध हात उठाएर जनाईदिने अनुरोध सभापतिले गरेपछि  उपस्थित सवैले समर्थन जनाए । त्यसपछि सभापतिले समिति गठन भ‌एको घोषणा गरे ।
कार्यक्रमलाई सम्वोधन गर्दै क्रामाकपा महासचिव नर्बु लामाले  नव गठित समितिलाई रक्तिम अभिन्दनसहित हार्दिक बधाई साथै सुभकामना जन‌उदै  यस समितिले सधै  अनुसाशित साथै लगनशील भ‌एर पार्टीले लिएका कार्यक्रमहरूमा  अंशग्रहण गर्नेछ भन्ने म आशा साच्दछु, उनले भने । अन्य साखाहरुमा पनि नया कमिटी गठन गरिने सबैलाई जानकारी गराउदै क्रामाकपा दार्जीलिङ आंचलिक समितिले आगमि 27 जुलाई सहिद दिवसको कार्यक्रममा सबैले उपस्थिति जनाई दिने अपिल सबैलाई गरे ।कार्यक्रमलाई  नविन चाम्लिङ, कृष्णबीर राईले पनि सम्बोधन गरेका थिए ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त