गोकमा भएको दुर्घटनामा मृत्यु भएका सिंगेल चियाबारी निवासी मृतकको परिवारलाई विभागबाट 2 लाख रुपियाँको आर्थिक सहयोग प्रदान

Share this news

खरसाङ, 18 जुलाई (हनोक): केही दिन अघि बिजनबारी खण्ड अन्तर्गत गोक एक ग्राम पञ्चायतको लोवर गोकमा भएको घटनामा खरसाङ महकुमा अन्तर्गत सगेल चियाबारीको कोठीधुरा निवासी प्रनिल जोगीको ढुङ्गाले थिचेर मृत्यु भएको थियो। उक्त मृतकको परिवारलाई आज पश्चिम बंगाल सरकारको आपदा प्रबन्धन विभागको तर्फबाट 2 लाख रुपियाँको आर्थिक सहयोग प्रदान गरिएको छ। मृतकको परिवारलाई आर्थिक सहयोग प्रदान गर्नलाई आज खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री प्रधान र उनको टोली, खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती, टुङ सन्त मेरिज समष्टि सभासद नुरी शेर्पा, सन्त मेरिज दुई ग्राम पञ्चायत प्रधान सहदेव तामाङ अनि उनको टोली सगेल चियाबारीको कोठीधुरास्थित मृतकको घरमा पुगेर आर्थिक सहयोग स्वरुप 2 लाख रूपियाँ मृतककी आमा टिकामाया जोगीलाई प्रदान गरिएको छ। यस विषयमा पत्रकारजरुसित कुराकानी गर्दै, खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्तीले पश्चिम बंगाल सरकारको आपदा प्रबन्धन विभागको तर्फबाट दुर्घटनामा मृत्यु भएका व्यक्तिको परिवारलाई 2 लाख रुपियाँ आर्थिक सहयोग प्रदान गरिएको बताएका छन्‌‍। त्यसरी नै खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्री प्रधानले बिजनबारीको गोकमा भएको दु:खद घटनामा खरसाङ खण्ड अन्तर्गत सगेल चियाबारीका एक व्यक्तिको मृत्यु भएको जानकारी पाएर खोज तलाश गरेर मृतकको परिवारलाई आपदा प्रबन्धन विभाग पश्चिम बंगाल सरकारको तर्फबाट आर्थिक सहयोग प्रदान गरिएको जानकारी गराएकी छन्‌‍। उनले परिवारमा परेको यो दु:खद समयमा हामी पनि सामेल भएर यो सहयोग गरिएको र यसबाट परिवारको सदस्य फर्केर त आउँदैन तर मृतकको परिवारलाई केही सहयोग होस्‌‍ भनेर यो विभागको तर्फबाट सहयोग गरिएको हो भनी बताएकी छन्‌‍। यस विषयमा क्षेत्रीय सभासद नुरी शेर्पाले मृतक व्यक्ति सगेल चियाबारीको पत्तो लागेपछि हामीले खोज-तलास गरेर यहाँ आईपुगेका हौँ र दुःखद घड़ीमा परिवारको साथमा सामेल भएका हौँ भन्दै आपदा प्रबन्धन विभागको तर्फबाट मृतकको परिवारलाई 2 लाख रुपियाँको आर्थिक सहयोग प्रदान गरिएको जानकारी गराएका छन्‌‍। उनले मृतकले पाउने अन्य सहुलियतहरु पनि खोजेर निकाल्ने बताएका छन्‌‍। यस अवसरमा पञ्चायत प्रधान सहदेव तामाङ र आपदा प्रबन्धन विभाग खरसाङ्कां अधिकारीले विस्तृत रुपमा जानकारी गराएका छन्‌‍।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त