डा. राजेन्द्र भण्डारीलाई कलकत्तामा सम्मान गरिने

Share this news

लैनसिंह बाङ्देल साहित्य-कला प्रतिष्ठान कलकत्ताले सधैँ झैं यसवर्ष पनि ३३ औँ भाषा मान्यता दिवस भव्यरुपमा पालन गर्ने निधो गरिएको छ। बिहीबार बसेको भर्चुअल/पराभाषिक सभामा निर्णय गरे अनुसार, भारतीय नेपाली साहित्यका प्रतिनिधि कवि, वरिष्ठ साहित्यकार डा. राजेन्द्र भण्डारीले नेपाली भाषा र साहित्यको विकासमा पुर्याएको योगदानको कदर गर्दै, उनलाई यसवर्षको मातृभाषा सेवाश्री सम्मानले सम्मानित गरिने छ। त्यसै गरी, प्रतिवर्ष प्रदान गरिने, वीर खड्ग बहादुर सिंह विष्ट समाज सेवा सम्मानले, यसवर्ष रंगु सौरियालाई उनको निस्वार्थ समाज सेवाको निम्ति सम्मानित गरिने छ। बंगला साहित्यका वरिष्ठ आख्यानकार बिमल लामालाई उनको नुनको चिया उपन्यासको निम्ति प्रभात साहित्य सम्मानले सम्मानित गरिने छ। यसबाहेक विद्यार्थीहरुमा आफ्नो दायित्व वोध गराउन, AI(artificial intelligence) को युगमा मातृभाषाः चुनौती र अवसर अनि सरकारी कामकाजमा मातृभाषाको प्रयोग, शीर्षकको निबन्ध प्रतियोगिता राखिएको छ। यसमा उच्च विद्यालयका विद्यार्थीहरुले भाग लिन पाउने संस्थानका सचिव बिकास कार्कीले जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त