महानदीदेखि सिविटार जाने रोडमा गएको पैह्रोको मरमत्ति कार्य शुरु

Share this news

तीनधारे ,17 जुलाई (निसं): महानदीदेखि सिविटार जाने रोडमा गएको पैह्रोले स्थानीयहरुलाई भईरहेको असुविधालाई ध्यानमा राखेर बिहीवारदेखि पैह्रो मरमत्तिको कार्य शुरु गरिएको छ। गत महिना 24 जूनको साँझ र 26 जूनको बिहान गएको पैह्रोले स्थानीयहरुलाई धेरै असुविधा भईरहेको थियो। यो पैह्रो भएर गाड़ीहरु कुदाउन पनि धेरै असुविधा भईरहेको थियो भने ठूला गाड़ीहरु कुदाउन बन्द गरिएको थियो अनि साना गाड़ीहरू र स्कुटी-बाइकहरु पनि कुदाउन जोखिमपूर्ण बनेको थियो। यस्तो अवस्थालाई ध्यानमा राखेर बिहीवारदेखि पैह्रो मरमत्तिको लागि कार्य शुरु गरिएको छ। उक्त पैह्रोग्रस्त रोडको मरमत्तिको लागि स्थानीय जनप्रतिनिधिहरु पञ्चायत प्रधान, पञ्चायत समिति सदस्य, पञ्चायत सदस्य लगायत अन्यहरु मिलेर पहल गरिएको बताइएको छ। यो पैह्रोग्रस्त रोडको मरमत्तिको लागि स्थानीय जनप्रतिनिधिहरुले जीटीए प्रमुख कार्यपाल अनित थापासित भेट गरेर विभागीय अधिकारीहरुको भ्रमण निरीक्षणपछि बिहीवारदेखि काम थालिएको जनाइएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ खण्ड पञ्चायत समितिको सदस्य कुसाङ लामाले हामी स्थानीय जनसाधारणको असुविधालाई ध्यानमा राखेर पैह्रो गएको दिनदेखि मरमत्तिको लागि पहल गरिरहेका थियौँ र जीटीए प्रमुख अनित थापाको सहयोगमा यो पैह्रो निर्माणको कार्य आजदेखि शुरु गरिएको हो भनी जानकारी गराएका छन्‌‍। उनले यो पैह्रोलाई लिएर सामाजिक सञ्जालमा आएको विभिन्न नकरात्मक कुराहरुलाई जनताले ध्यान नदिने अपिल गर्दै जनप्रतिनिधिहरु जनताको लागि सदेव काम गर्न तत्पर रहेको बताएका छन्‌‍। उनले बताए अनुसार महानदीदेखि सिविटारमाझको रोडमा गएको पैह्रोको मरमत्तिको लागि स्थानीय जनप्रतिनिधिहरुले पहल गरेको र यसमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, सिविटार र गिताङ्गे क्षेत्रको पञ्चायत जनप्रतिनिधिहरु साथै महानदी ग्राम पञ्चायतको प्रधान, जीटीए प्रमुख कार्यपाल अनित थापालाई धन्यवाद दिएका छन्‌‍। आफुहरु जनताको सेवामा नै जनप्रतिनिधि बनेको र जनताको असुविधालाई ध्यानमा राखेर पैह्रो मरमत्तिको लागि झट्टै पहल गर्दै काम पनि शुरु गरिएको जानकारी गराएका छन्‌‍।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त