Mahanadi-Sibitar Road being repaired

महानदी-सिविटार रोडको मरम्मति गरिँदै

Share this news

महानदीदेखि सिविटार जाने रोडमा गएको पैह्रोले स्थानीयहरुलाई भईरहेको असुविधालाई ध्यानमा राखेर आजदेखि पैह्रो मरमत्तिको कार्य शुरु गरिएको छ। गत महिना 24 जूनको साँझ र 26 जूनको बिहान गएको पैह्रोले स्थानीयहरुलाई धेरै असुविधा भईरहेको थियो।‌ यो पैह्रो भएर गाडीहरु कुदाउन पनि धेरै असुविधा भईरहेको थियो भने ठूला गाडीहरु कुदाउन बन्द गरिएको थियो अनि साना गाडीहरू र स्कुटी बाइकहरु पनि कुदाउन जोखिमपूर्ण बनेको थियो। यस्तो अवस्थालाई ध्यानमा राखेर आजदेखि पैह्रो मरमत्तिको लागि कार्य शुरु गरिएको छ। उक्त पैह्रोग्रस्त रोडको मरमत्तिको लागि स्थानीय जनप्रतिनिधिहरु पञ्चायत प्रधान, पञ्चायत समिति सदस्य, पञ्चायत सदस्य लगायत अन्यहरु मिलेर पहल गरिएको बताइएको छ। यो पैह्रोग्रस्त रोडको मरमत्तिको लागि स्थानीय जनप्रतिनिधिहरुले जीटीए प्रमुख कार्यपाल अनित थापासित भेट गरेर विभागीय अधिकारीहरुको भ्रमण निरीक्षणपछि‌ आजदेखि काम थालिएको जनाइएको छ। यस विषयमा खरसाङ खण्ड पञ्चायत समितिको सदस्य कुसाङ लामाले स्थानीय जनसाधारणको असुविधालाई ध्यानमा राखेर पैह्रो गएको दिनदेखि मरम्मतिको लागि पहल गरिरहेको र जीटीए प्रमुख अनित थापाको सहयोगमा यो पैह्रो निर्माणको कार्य आजदेखि शुरु गरिएको जानकारी गराएका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त