मानेभञ्ज्याङ टंगलु रेञ्जको आयोजनामा वन महोत्सव कार्यक्रम

Share this news

मानेभञ्ज्याङ, 17  जुलाई (निसं): मानेभञ्ज्याङ टंगलु रेञ्ज सिंहलिला दक्षिण वन विभाग दार्जीलिङ डिभिजन अनि दार्जीलिङ वाइल्ड लाइफ डिभिजनको संयुक्त आयोजनामा वन महोत्सव कार्यक्रम सम्पन्न भएको छ।
टंगलु रेञ्ज अधिकारी दिगन्त मैती, सिंहलिला दक्षिणका रेञ्जर रोशन राई, एसएसबी एसिस्टेन्स सब-इन्सपेक्टर प्रदिप कुमार, क्षेत्रीय अधिकारी डोमा शेर्पा आदिको उपस्थितिमा सम्पन्न कार्यक्रममा बस अनि चित्र बनाउ, मानेभञ्ज्याङ बजारलाई प्लास्टिक मुक्त बनाउन एउटा र्‍याली-को आयोजन गरिएको थियो। रेञ्ज स्तरीय वन महोत्सव सप्ताह पालन 14 जुलाईदेखि 20 जुलाईसम्म हुने वन महोत्सवको कार्यक्रम तालिका अनुसार दोस्रो दिन मानेभञ्ज्याङ उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई लिएर वन संरक्षण र वन संरक्षणको बस अनि चित्र बनाउ प्रतियोगिता अनि जाइका परियोजना र जाइका योजनाद्वारा विभिन्न क्षेत्रका जेएफएमसी तथा क्षेत्र विकासितका कार्य आदि सम्बन्धित जागरूकता कार्यक्रम, पुरस्कार वितरण पछि विद्यालयका विद्यार्थीहरू, विभिन्न वन क्षेत्र अन्तर्गत जेएफएमसी कमिटिका सदस्य, वन विभाग कर्मचारी, एसएसबी मानेभञ्ज्याङ लगायत स्थानिय सचेत नागरिकहरूको समुहले विराट र्‍यालीको आयोजना गर्दै मानेभञ्ज्याङ बजारको परिक्रमा गर्दै हरियो वन, स्वस्थ्यको धन, प्लास्टिक प्रयोग नगरौं,जस्ता नाराहरू प्रर्दशन गरियो। बिहानदेखि भएको झरीको कारण प्रमुख कार्यक्रम वृक्ष रोपन गर्न नसकिएको र उक्त कार्यक्रम यसै सप्ताहको एकदिन गरिने पनि आरओ दिगन्त मैतीले बताए। मानेभञ्ज्याङ टंगलु  रेञ्जको व्यवस्थापनमा सम्पन्न उक्त कार्यक्रमको समापनपछि मिडिया कर्महरूलाई सम्बोधन गर्दै मैतीले बताए, उक्त वन महोत्सव पश्चिम बंगाल सरकारको निर्देशनमा भइरहेको डीएफओद्वारा दार्जीलिङ जिल्लामा महत्वपूर्ण वन महोत्सव अन्तर्गत विभिन्न कार्यक्रम जसमा एक लाख वृक्ष रोपन गरिने योजना रहेको बताउदै मानेभञ्ज्याङ बजारलाई प्लास्टिक मुक्त क्षेत्र बनाउन प्रयासरत हाम्रो उद्देश्य यसै वर्षको अन्ततिर सफल हुने पनि बताए भने  बुधबारको दार्जीलिङमा हुने जिल्ला स्तरिय कार्यक्रममा उपस्थितिको सबैलाई उनले आग्रह गरे। आरओ रोशन राई अनि सब- इन्सपेक्टर प्रदिप कुमारले पनि कार्यक्रम उत्कृष्ट अनि आनन्दमय रहेको बताए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त