घूम-जोरबंगलो समष्टि भानु जयन्तीमा गाँउ सफाई 

Share this news

दार्जीलिङ, 14 जुलाई(निसं): आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको उपलक्ष्यमा भागोप्रमो(भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा) घूम-जोरबंगलो युवा शक्तिको सक्रियतामा गाँउ समाजमा सफाई अभियान कार्यक्रम गर्‍यो।
भागोप्रमो युवा शक्ति घूम-जोरबंगलो समष्टिको अध्यक्ष दावा भुटिया, सचिव साजन तामाङ लगायत क्षेत्रीय सभासद् प्रभाष्कर ब्लोन, अमरदीप  समाजको सभापति साथै भागोप्रमो पार्टीको शाखा सभापति  रोशन कुमार ठकुरी साथै स्थानीय समाज सदस्यहरुको व्यापक उपस्थिति बिच घूम जोरबङ्गलो समष्टिको वार्ड नम्वर-4 का सबै स्थानहरुमा सरसफाई गरिने कार्य गरियो।साथै क्षेत्रको व्यापक सरसफाई अभियान अनि ठाउँ ठाउँमा डास्ट बीन लगाउने कार्य साथै बाटोमा ब्लिचिङ पाउडर छर्किने कार्य गरियो भनी समष्टि युवा शक्तिले बताएको छ।
समष्टिको जानकारी अनुसार, यसै सरसफाई अभियान कार्यक्रमबारे बोल्दै भागोप्रमो घूम-जोरबंगलो समष्टि  युवा शक्तिको अध्यक्ष साङ्गे भुटियाले प्रेस सम्बोधन गर्दै भने,  हरेक साल समाजले आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती बिभिन्न कार्यक्रमहरु आयोजना गरेर मनाउदै आइरहेका छौ।तर यसपटक केहि फरक तरिकाले गाँउ घरको सरसफाइ गरेर आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती पालन गरिरहेका छौं।विशेष गरेर अहिले बर्खायामको समय छ, बाटो-घाटोहरुमा झार-जंगल बढेर लेउहरु जमिएको कारण  मानिसहरुलाई गाँउ घरका साँघुरो बाटोहरुमा हिडनु एकदमै मुस्किल हुन्छ।
भएन लेऊमा चिप्लिएर लडेेर चोटपटक लाग्ने पनि व्यापक सम्भवना भएको कारणले गर्दा हामीले यस चोटि आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती गाँउ घरको बाटोघाटोहरु सरसफाई गरेर  आदिकवि भानुभक्त आचार्य प्रति चोखो श्राद्धञ्जली अर्पण गरेका छौ ‌। साथै यस सरसफाई अभियानमा केही सामाग्रीहरु प्रदान गरी सहयोग पुर्‍याउने दार्जीलिङ नगरपालिका अध्यक्ष दिपेन ठकुरी  क्षेत्रीय सभासद प्रभाष्कर ब्लोन युवा शक्ति समष्टि सचिव साजन तामाङ लगायत अन्य सहयोगी दाताहरु प्रति आभार पनि प्रकट गरे। गाँउ समाज सर-सफाई अभियानमा आफु पनि संलग्न भएको घूम बंगलो समष्टिको सभासद् प्रभाष्कर ब्लोनले पनि आजको भानु जयन्ती कार्यक्रममा गाँउ-घर सर सफाई गरेर एउटा सफा चोखो परिवेश र बिचारको जनसन्देश दिन चाहेको उनले बताए।यसै कार्यक्रम अवधि भागोप्रमो युवा शक्तिको ‌पहलमा घूम क्षेत्रको बिभिन्न वार्डहरुमा पार्टीको झण्डा लगाउने कार्य पनि सम्पन्न गरिएको थियो‌।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त