Two new awards announced on Bhanu Jayanti

भानु जयन्तीमा दुई नयाँ पुरस्कारको घोषणा

Share this news

लोकप्रिय उपन्यासकार प्रकाश कोविद अनि लोक गीत गायिका हिरादेवी वाइबाको स्मृतिमा पनि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनिक सभा तथा जीटीए-ले थप दुईवटा नागरिक सम्मान पुरस्कारको थालनी गर्ने जानकारी पाइएको छ । २०११औं भानु जयन्ती समारोहअवधि मिडियालाई सम्बोधन गर्दै सूचना तथा सांस्कृतिक विभागीय सभासद अनोश थापाले उक्त घोषणाको पुष्टि गर्दै २० अगस्तदेखि शुरु भाषा दिवस पालना विविध कार्यक्रमको साथ ३१ अगस्तसम्म मनाइने उनले थप जनाए।‌

यसबीच पूर्व घोषणाअनुसार २०११औं भानु जयन्तीको अवसर पारेर जीटीए सभाद्वारा ज्येष्ठ साहित्यकार तथा समालोचक नन्द हाङखिमलाई भानु पुरस्कार प्रदान गरियो। जीटीए सूचना एवं सांस्कृतिक विभागको तत्वावधानमा आयोजित कार्यक्रमको अवसरमा पत्रकार प्रमोदलाई गिरी पाद्री गङ्गा प्रशाद प्रधान, नाट्य कलाकार टेकबहादुर बराइलीलाई डीबी परियार, सिद्धार्थ राईलाई जी डगलस अनि दिवङ्गत पञ्चरत्न प्रधानलाई मुखिया धनवीर गुरूङ स्मृति पुरस्कार प्रदान गर्दै नागरिक सम्मान जनाइयो। आईतवार गोर्खा रङ्गमञ्च भवनमा पालन गरिएको भानु जयन्ती समारोहमा जीटीए प्रमुख अनित थापाको साथ अन्य सभासद अनि विभागीय अधिकारीहरु उपस्थित थिए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त