कृषि विभागद्वारा धानखेतीबारे प्रशिक्षण

Share this news

कोलबुङ,14 जुलाई(निसं): किशानहरुलाई आधुनिक पद्धतिमा धानखेती सिकाउने तथा खेतीपातीमा प्रोत्साहन गर्ने प्रमुख उदेश्यको साथमा खण्ड कृषि विभाग दार्जीलिङ- पुलबजार खण्डको आयोजना गोक-2 ग्रामको लोवर कोलबुङमा एक दिवसीय धान रोपण प्रशिक्षण कार्यक्रम सप्पन्न गरियो। कार्यक्रममा खण्ड विकास कार्यलयबाट उपस्थिति अधिकारीहरुले धान खेतीलाई कसरी पहाडमा प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा उपस्थित किसानहरुलाई बताए भने पहाडको धानखेती बिस्तार हराउदै गएकोमा चिन्ता व्यक्त गरे। यसका साथमा विभागले धानखेती तथा योसग आवद्ध किसानहरुलाई लिएर विभिन्न योजनाहरु शुरु गरेको तथा उन्नत जातीय बिउलाई पहाडमा भित्राउने प्रयास गरेको जानकार गराउदै यसलाई कसरी रोप्न सकिन्छ भन्ने बारेमा किसानहरुलाई बताए। अर्कोतिर यस्तो कार्यक्रमले किसानहरु निकै लाभान्वित हुने तथा पहाडमा घटदो धानखेतीलाई रोक्न केहि हदसम्म टेवा पुग्ने स्थानीय दिनेप कोइरालाले बताए भने जमीन बाझो राख्नुको साटो सकेसम्म खेती लगाउन सबैलाई उनले अपिल गरे।
स्थानीय राम बहादुर छेत्रीले खेतमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा तीस जनाभन्दा अधिक किसानहरुले सहभागीता जनाउदै आधुनिक धानखेतीबारे जानकारी प्राप्त गरेका थिए।
याद रहोस्, एक समयमा धानले प्रख्यात कमाएको यस क्षेत्रमा हाल धानखेती धेरै कमी आइरहेको बेला विभागीय पक्षबाट आयोजना गरिएको यस्तो कार्यक्रमले किसानहरुमा धानखेतीप्रती आकर्षक बढ्न सक्ने अपेक्षा गरिएको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त