तीनधारेमा सिनियर सिटिजन कप क्यारम प्रतियोगिता शुरू

Share this news

तीनधारे, 12 जुलाई (निसं): तीनधारे वरिष्ठ नागारिक कल्याण संगठनको आयोजनामा सिनियर सिटिजन कप तीनधारे महानदी समष्टि स्तरीय क्यारम बोर्ड प्रतियोगिता-2025 तीनधारेमा संगठनकै निजी भवनमा शुरू भएको छ। यस प्रतियोगिताको जोड़ी प्रतियोगिताको निम्ति स्व. ललिता गुरूङ स्मारक ट्रफी जेबी गुरूङले अनि एकल प्रतियोगिताको निम्ति स्व. दुर्गा प्रसाद मोक्तान स्मारक ट्रफी गौतम मोक्तानले प्रायोजन गरेका छन्। त्यसरी नै अन्य ट्रफीहरू संगठनकै सदस्यवर्गले प्रदान गरेका छन्। यस समष्टि स्तरीय क्यारम प्रतियोगिताको प्रथम दिनको एकल प्रतियोगिताको खेल विमल दर्जी अनि वाणीबिलास सिंहमाझ सम्पन्न भएको छ। यो एकदमै रोमाञ्चित खेलमा विमल दर्जी विजय भएका छन्। यस क्यारम बोर्ड प्रतियोगितामा निर्णायकको रुपमा किशोर सुन्दास र महेन्द्र तामाङ रहेका छन्। दुवै निर्णायकद्वयले उद्घाटन खेललाई अनुशासित अनि सफल परिचालन गरेका थिए। आगमी 15 अगस्त स्वतन्त्रता दिवसको दिन एकल अनि जोड़ी दुवै प्रतियोगिताको अन्तिम फाइनल खेलको आयोजना हुने भएको जानकारी वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेको सचिव सुरेशचन्द्र दर्नालले दिएका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त