अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ तीनधारे महानदी समष्टि कमिटी गठन

Share this news

तीनधारे, 12 जुलाई (निसं): अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको पूर्णाङ्क कमिटी गठन गरिएको छ। उक्त समष्टि स्तरीय कमिटी गठनको लागि घैयाबारीस्थित पार्टी कार्यालयमा शुक्रबार अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ खरसाङ महकुमा समितिको सभापति डेविस छेत्रीको अध्यक्षतामा सभा सम्पन्न भएको छ। उक्त सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्‍वकर्मले सञ्चालन गरेका थिए। सभालाई विद्यार्थी महासंघ खरसाङ महकुमा समितिको सचिव दयाराम शर्मा, शिक्षक संगठन तीनधारे महानदी समष्टिको सभापति बिमल शेर्पा, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई, महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पा, विद्यार्थी महासंघ खरसाङ महकुमा समितिको सभापति डेविस छेत्री आदिले वक्तव्य राखेका थिए। सभामा भागोप्रमो खरसाङ महकुमा समितिको उप सभापति प्रेम प्रधान, तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, शिक्षक संगठन तीनधारे महानदी समष्टिको सचिव उत्तम छेत्री लगायत अन्य उपस्थित रहेका थिए। यसै सभामा अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको कमिटी गठन गरिएको छ। उक्त समष्टि स्तरीय कमिटीमा सभापति सुभम प्रधान, उप सभापति महानदी ग्राम पञ्चायतको उप प्रधान सोनिका तामाङ र सुभम प्रधान, सांगठनिक सचिव प्रयास प्रधान, प्रवक्ता धिराज छेत्री, प्रचार प्रसार सचिव पुरण राई, कानुनी सल्लाहकार सनिम लामा, सल्लाहकारमा बिपन विश्‍वकर्म, मनोहर थापा, अभिजित छेत्री, प्रनेस प्रधान, नवराज राई, राजीव तामाङ लगायत कार्यकारी सदस्यहरू पनि चयन भएका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त