सुवेदार बस्ती ग्राम सुधार समितिको नयाँ कार्यकारिणी समिति गठन

Share this news

खरसाङ, 12 जुलाई (निसं): शनिवारको दिन सुवेदार बस्ती ग्राम सुधार समितिको सभा वार्ड नम्बर 16 स्थित समाज भवनमा समाजका वरिस्ठ सदस्य मंगल सार्कीको अध्यक्षतामा सम्पन्न भयो सभाको आरम्भमा समाजका संस्थापक सदस्य स्व. आरके जोशीको आत्मा शान्तिको निम्त एक मिनटको मौनधारण धारण गरी प्रार्थन गरियो अनि स्व. अत्माप्रति श्रद्धाञ्जली अर्पण गरियो। सभामा चर्चापछि पुरानो कमिटीलाई विघटन गरेर नयाँ कमिटी गठन गरियो। नव गठित कमिटीका अध्यक्ष अञ्जय छेत्री, उपाध्यक्ष देबु गुरुङ, सीता छेत्री, सचिव शितल रसाइली, सहसचिव शिला थापा, देवाशीष जोशी, कोषाध्यक्ष रजनी सुब्बा, दिपा प्रधान साथै प्रमुख सल्लाहकार मंगल सार्की, रतन गुरुङ, सुदर्शन जैशी, उमा गुरुङ, सुनिता गुरुङ, लक्ष्मी छेत्री, गोपाल सिंहलाई चयन गरियो। समिति सुचारु सञ्चालनको निम्ति 17 जना कार्यकारी सदस्यहरू पनि चयन गरियो। सभालाई सम्बोधन गर्दै वरिस्ठ सदस्य रतन थापाले 1947 सालमा स्थापित ग्राम सुधार समिति सुवेदार बस्ती खरसाङ कै पहिलो समाज हो, यो सत्यतालाई नकार्न सकिन्न भन्दै धेरै सामाजिक कार्यहरू गर्दै आज हामी यहाँ आइपुगेका छौँ। अब उसो यो जिम्मेवारी नयाँ कमिटीको हो, नयाँ कमिटीका पदाधिकारीहरूलाई बधाई साथै आगमि दिनको लागि शुभकामना छ भने। अध्यक्ष अञ्जजय छेत्रीले समाज एउटा मन्दिर सरह हो, यसलाई हामीले माया र सत्कार गर्नु सिक्नु पर्छ, हरेक ग्रामवासीको दुखेसो बुझ्नु सक्नुपर्छ, हरेक असहाय मानिसको बल बनेर हामीले कार्य गर्नुपर्नेछ भने। तिनले युवावर्ग अघि आउँनु बताउँदै समाज असल भए क्षेत्र साथै देश असल हुन्छ भनी आफ्नो वक्तव्यमा भने। सभालाई दिपराज रसाइली, देवाशीष जोशी, महेश मंग्राती, लक्ष्मी छेत्री, उमा गुरुङ, देबु गुरुङ साथै अन्य सदस्यहरूले पनि सम्बोधन गरेका थिए, शिला थापाले सञ्चालन गरेकी थिए भनी जानकारी दिइएको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त