तृणमूल कंग्रेस श्रमिक सङ्गठन जिल्ला अध्यक्षको पदमा उपेन्द्र छेत्री नियुक्त

Share this news

खरसाङ, 10 जुलाई (मोहन प्रसाद)ः इण्डियन नेशनल तृणमूल ट्रेड यूनियन कंग्रेस (आईएनटीटीयूसी) दार्जीलिङ पहाड़ जिल्ला अध्यक्षको पदमा उपेन्द्र छेत्रीलाई नियुक्त गरिएको छ। तिनको नियुक्तिको बारेमा पार्टीद्वारा उप श्रमायुक्त दार्जीलिङलाई एउटा पत्र पठाएर पार्टीद्वारा अवगत साथै जानकारी गराईएको छ । खरसाङमा उक्त विषयमा पत्रकारहरूलाई जानकारी गराउँदै तृणमूल कांग्रेसका दार्जीलिङ अनि कालेबुङ जिल्ला अध्यक्ष शान्ता छेत्रीले जनाए अनुसार, गत 21 जून 2025 मा पार्टीद्वारा जारी गरिएको एउटा प्रेस विज्ञप्ति अनुरूप उपेन्द्र छेत्रीलाई आईएनटीटीयूसी दार्जीलिङ पहाड़को जिल्ला अध्यक्षको पदमा नियुक्त गरिएको हो । सोही अनुरूप बुधवार तृणमूल कांग्रेस पार्टीका दार्जीलिङ अनि कालेबुङ जिल्ला चेयरम्यान एलबी राई साथै अध्यक्ष शान्ता छेत्रीद्वारा हस्ताक्षरित एउटा पत्र मार्फत् दार्जीलिङका उप श्रमायुक्तलाई एउटा पत्र पठाएर उक्त विषयमा अवगत गराईएको छ। पत्रमा अबोप्रान्त श्रमिक सम्बन्धि विविध विषयमा आईएनटीटीयूसी अध्यक्ष उपेन्द्र छेत्री मार्फत कार्य गरिने जानकारी गराइएको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त