कीवी खेतीबारे जीटिए-द्वारा एक दिने प्रशिक्षण कार्यक्रम 

Share this news

दार्जीलिङ, 9 जुलाई(निसं): गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन(जीटिए)-द्वारा पहाडको कृषकहरुलाई पहाडी भेकको जमिनमा उब्जाउ हुन सक्ने विभिन्न प्रकारको खेतीहरु बारे उचित परामर्श अनि प्रशिक्षण गराएर पहाडको कृषकवर्ग अनि युवाहरुलाई विभिन्न प्रकारको रचनात्मक खेतीबारे  प्रोत्साहन गराउदै उनीहरुको आर्थिक अवस्था दह्रो बनाउन साथै युवाहरुलाई स्वरोजगारको दिशा देखाउन विभिन्न योजनाहरु अनि प्रशिक्षणहरु दिइने कार्य भईरहेको छ।
यसै क्रममा 6 माईल क्षेत्रको स्थानीय कृषकवर्ग अनि  खेतीबारे उत्साहित युवाहरुलाई लिएर जीटिए प्रमुख जनसम्पर्क अधिकारी एसपी शर्मा लगायत स्थानीय स्वनिर्भर समूहका सदस्यवर्ग साथै दवाईपानी ग्राम पञ्चायत क्षेत्रको उपप्रधान सुनिता भुटिया आदिको नेतृत्वमा6 माईल सार्वजनिक भवन परिसरमा कीवी खेती माथि कृषकवर्ग साथै युवावर्गहरुलाई लिएर एक दिने नि:शुल्क प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो।जसमा उत्तर बंगाल युनिभर्सिटी-को -फाम बाट को-इञ्चार्ज अमरेन्द्र पाण्डे साथै एग्रो मार्केटिङ एण्ड एक्पोटर मुम्बईबाट सुधिर साह विशेष रुपमा स्थानीय कृषकवर्ग अनि युवाहरुलाई प्रशिक्षण दिइने कार्यक्रममा उपस्थित थिए। कार्यक्रममा कीवी खेती माथि विस्तारपूर्वक द्वय विशेषज्ञहरुले उपस्थित व्यक्तिहरुलाई जानकारी गराए।
कीवी खेती पहाडको जलवायु अनि मौसममा व्यापक रुपमा फस्टिन सक्ने  द्वयले सम्भवना व्यक्त गरे भने ।
कीवी खेती कहिले कुन मौसममा कसरी रोप्नु पर्ने यसको निम्ति माटोको गुणस्तर यी तमाम बिषयहरु माथि जानकारी गराइने कार्य गरियो।
प्रशिक्षण कार्यक्रम पछि दबाई पानी ग्राम पञ्चायत उप प्रधान सुनिता भुटियाले आफ्नो प्रतिक्रिया व्यक्त गर्दै भनिन् कि किवि खेतीबारे यहाँको मौसम र माटो उपयोगी रहेता पनि किवि खेती बारे यहाँको कृषकहरुलाई जानकारी थिएन।तर आज यसरी जीटिए-को पहलमा कीवी खेतीबारे यसरी प्रशिक्षण कार्यक्रमहरु आयोजना गर्दा धेरै वटा बुनियादी विषयहरु बारे ज्ञान बटुल्न सक्यौ ।
आजको यस प्रशिक्षण कार्यक्रमले अवश्यै पनि यस भेकको किवि खेती बारे उत्साहित बनेका कृषकहरु अनि युवाहरुलाई प्रत्सोहन मिलेको जानकारी गराइन्।
अन्तमा जीटिए प्रमुख जनसम्पर्क अधिकारी एसपी शर्माले पनि विशेष गरेर युवा वर्गलाई किवि खेती तर्फ आकर्षित गराएर यसको खेती गर्न प्रत्सोहन दिलाउने कार्यमा आफुहरुले लागिपरेको बताए‌।
मार्केट-मा कीवी खेती एउटा प्राइम डिमाण्ड बनेको कारणले भविष्यमा पहाडमा केवी खेती असल प्रकारले हुन सके यसले स्थानीयहरुको आर्थिक अवस्थामा बलियो मद्दत पुर्याउन सक्ने दाबी पनि गरे।


Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त