सिलगढ़ीदेखि दार्जीलिङसम्मको वैकल्पिक मार्गको निम्ति डीपीआर तयार गर्ने काम शुरुः सांसद

Share this news

खरसाङ, 8 जुलाई (निसं)ः सिलगढ़ीदेखि दार्जीलिङसम्मको वैकल्पिक मार्गको निम्ति डीपीआर तयार गर्ने काम शुरु भएको जानकारी प्राप्त भएको छ। दार्जीलिङका सांसद राजु विष्टले दिएका जानकारी अनुसार वैकल्पिक मार्गको रुपमा लेबुङ, दबाई पानी, टिस्टा हुँदै एउटा वैकल्पिक राजमार्गको निम्ति केन्द्रीय सड़क यातायत एवं राजमार्ग विभागले डीपीआर तयार गरिरहेको छ। सांसदले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम शुरु गरिएकोमा केन्द्रीय सड़क यातायात एवं राजमार्ग मन्त्री नितिन गडकरी अनि मन्त्रालयप्रति आभार पनि प्रकट गरेका छन्। सांसदले एक विज्ञप्तिमा भनेका छन्, वैकल्पिक मार्गको रुपमा लेबुङ, दबाई पानी, टिस्टा हुँदै एउटा वैकल्पिक राजमार्गको निम्ति विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम केन्द्रीय सड़क यातायत एवं राजमार्ग विभागले शुरु गरिरहेको छ, यसको निम्ति केन्द्रीय सड़क, यातायत एवं राजमार्ग मन्त्री नितिन गडकारी अनि मन्त्रालयप्रति म हार्दिक आभार व्यक्त गर्दछु। यो हाम्रो क्षेत्रका जनताको लागि एउटा महत्त्वपूर्ण पाइला हो। तिनले अघि भनेका छन्, मैले पहिलेदेखि नै गर्दै आएको अनुरोधलाई पुनः दोहोर्‍याउँदै दार्जीलिङ र सिलगढ़ीलाई जो़ड़ने एउटा अर्को वैकल्पिक मार्गको मागमाथि विचार गर्ने आग्रह मन्त्रीसँग गरेको छु। ब्रिटिश शासनकालमा निर्माण गरिएको वर्तमान राष्ट्रीय राजमार्ग 110 (पहिलेको एनएच-55) अति नै साँगुरो भएको छ, जसले गर्दा पहाड़वासी र पर्यटकहरूले घण्टौँसम्मको जाम र तनाउको सामना गर्न परिरहेका छन्।
प्रस्तावित नयाँ मार्ग दुधे, लोअर बालासन, नाम्सु, धोत्रे, पुसुमबोङ, घूम हुँदै दार्जीलिङसम्मको मार्गले पनि राष्ट्रिय रामार्गमा हुने वाहनहरूको घुइँचो कम गर्नमा मद्दत गर्नेछ। साथै यसले खरसाङको तल्लो क्षेत्र, मिरिक, सोनादा, रङबुल, धोत्रे, पुसुमबोङ भ्याली, सुकिया पोखरी, पोख्रेबुङ भ्यालीलाई पनि जोड्ने छ। यसको लागि हाम्रो क्षेत्रका धेरै गैर-राजनीतिक सङ्गठनहरूको समर्थनमा मन्त्रालयमा अनुरोध बुझाएको थिएँ। मैले राष्ट्रिय राजमार्ग एवं अवसंरचना विकास निगम लिमिटेड (एनएचआइडीसीएल) लाई यस मार्गको लागि सम्भाव्यताको अध्ययन गराउने अनुरोध गरेको छु। यसका अतिरिक्त मैले पर्वतमाला परियोजना अन्तर्गत घूम र दार्जीलिङ बीच रोपवे निर्माणको प्रस्ताव पनि राखेको छु। यसले एउटा स्वच्छ एवं राम्रो यातायात विकल्प प्रदान गर्नका साथै ट्राफिकको चापलाई कम गर्नेछ अनि सड़क मार्गमा यातायतको घुइँचो अनि जामलाई कम गरेर सुचारु यातायतमा सहजता प्रदान गर्नेछ। मन्त्रालयको सहयोगमा यो परियोजना चाँड़ै नै शुरु हुने छ भन्ने ठूलो आशा मलाई लागेको छ। हाम्रो दार्जीलिङ-सिलगढ़ी क्षेत्रका जनता यी अत्यावश्यक पूर्वाधार विकासमा सहयोग गर्न पूर्ण रुपमा कृतसङ्कल्पित छन् भन्ने कुरोमा म विश्‍वस्त छु।


Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त