सिमानामा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

Share this news

सोनादा, 8 जुलाई (निसं)ः सोनादा ट्राफिक पुलिस साथै सोनादा पुलिस आउट पोष्टको संयुक्त आयोजनामा सेफ ड्राइभ सेभ लाइफ अनि लागू औषध (ड्रग्स) दुव्यवसनमाथि सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम स्थानीय मुण्डाहट्टास्थित न्युलाइट सार्वजनिक भवनमा सम्पन्न गरियो। उक्त सचेतनामूलक कार्यक्रममा सोनादा क्षेत्रका 40 वटा संघ-संस्थाहरु साथै विभिन्न समाजहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा दार्जीलिङबाट प्रेमुस भोटिया उपस्थित रहेका थिए भने अतिथिको रूपमा सोनादाका विभिन्न समाजका प्रतिनिधिहरू साथै स्वनिर्भर दलका प्रतिनिधिहरु, सोनादा चालक संगठन साथै सोनादा उच्चत्तर माध्यमिक विद्यालयका विद्यार्थीहरूको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा संस्कृतिक कार्यक्रम पनि राखिएको थियोे। उक्त कार्यक्रममा लागु औषध दुर्व्यवसन नियन्त्रण साथै साईबर क्राइम सुरक्षामाथि सोनादा आउट पोष्टको प्रभारी योगेश ठकुरीले सबैलाई जागरुक गराउँदै सम्बोधन राखेका थिए। कार्यक्रमका मुख्य आर्कषणहरुमा प्रेमुस भोटियाले ड्रग्स नखान सुझाउ दिँदै सम्बोधन राखे भने विभिन्न क्षेत्रीय कलाकारहरुले नृत्य साथै गायन प्रदर्शन गरी मनोरञ्जन प्रदान गरेका थिए। यस कार्यक्रम अन्तर्गत ट्राफिक प्रभारी सबीन दर्नालले आफ्नो सम्बोधन राख्दै एक वृत्तचित्र प्रदर्शन गरेका थिए। आगामी कार्यक्रम 10 अगस्त 2025 को दिन स्थानीय रेलवे स्टेशन परिसरमा निःशुल्क स्वास्थ्य शिविर साथै रक्तदान शिविरको आयोजना गर्ने भएकोले सम्पूर्ण सोनादा क्षेत्रका जनसाधारण लाई सहभागी भई लाभ उठाउन अनुरोध गहरिएको छ। यस अवसरमा पत्रकारहरलाई सम्बोधन गर्दै सोनादा पुलिस आउट पोष्टको प्रभारी योगेश ठकुरी साथै सबिन दर्नालले विस्तृत रुपमा जानकारी गराएका छन्। दुवैले ट्राफिक नियमलाई पालना गरिदिने निवेदन गरेका छन् भने सबैले रोड सुरक्षा नियमहरु पालन गरेर स्कुटी बाइक र गाडीहरु चलाउन अनुरोध पनि गरेका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त