ब्लूम डेल-द्वारा साहित्य अकादमी सुवासलाई

Share this news

रिम्बिक, 8 जुलाई(निसं): रिम्बिक बाँसबोटे स्थित ब्लूम डेल एकाडेमी-द्वारा  यस वर्षको साहित्य अकादमी युवा पुरस्कार प्रापक युवा कवि सुवास ठकुरीलाई सम्मान जनाइएको छ। विद्यालयकी  प्रधानाध्यापिका निर्मला राईको अध्यक्षता अनि मुस्कान समूहका अध्यक्ष कवि कमल भट्टराईको प्रमुख आतिथ्यमा एक कार्यक्रम आयोजना गरी युवा कवि सुवास ठकुरीलाई सम्मान जनाइयो। कवि ठकुरीलाई खादा-माला लगाउदै दोसल्ला ओढाएर अनि प्रसस्तिपत्र प्रदान गर्दै सम्मान जनाइइयो। कार्यक्रममा पुरस्कृत कृति जूनको आँशु कविता संग्रहबाट विद्यार्थीहरुले कविता पाठ गरेका थिए। यस अवधि कवि ठकुरीले यस सम्मानसँगै साहित्यप्रति आफ्नो जिम्मेवारी बोध भएको अनुभव साझा गरे। कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रम अध्यक्ष कमल भट्टराईले साहित्य अकादमी अनि नेपाली भाषा साहित्य विषयमा विद्यार्थीहरूलाई छोटो विवरण दिए। कार्यक्रम अवधि विद्यार्थीहरुले
विभिन्न गीत, संगीत, नृत्य अनि कविता पाठहरू प्रस्तुत गरे भने विद्यालयका प्रधानाध्यापिका निर्मला राईले कवि ठकुरीको उपलब्धिले यस क्षेत्रको परिचय भारतीय नेपाली साहित्यमा परिचित गराएकोमा कविलाई बधाई साथै धन्यवाद दिँदै, यस विषयले विद्यार्थीहरुमा नेपाली भाषा अनि साहित्यप्रति चासो बढ्ने आशा व्यक्त गरे। विद्यालयको पक्षबाट शिक्षक राज काम्बाङले कवि सुवास ठकुरीलाई आगमी दिनमा पनि आफ्नो कलमद्वारा उत्कृष्ट र सशक्त कृतिहरुको सृजना भइरहोस् , उत्तरोत्तर प्रगति र सफलताको  शुभकामना व्यक्त गरे।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त