ईडेन धाम गुरुदेवको पुण्य तिथिमा रक्तदान शिविर

Share this news

दार्जीलिङ, 8 जुलाई (निस): दार्जीलिङको प्रसिद्ध धार्मिक स्थलहरू मध्ये शहरीकरण शहरवीचको ईडेन धाम पनि धेरै पुरानो अनि प्रशिद्ध धार्मिक स्थल हो। ईडेन धामले आफ्नो स्थापना कालदेखि नै आध्यात्मिक कार्यक्रम लगायत अन्य विभिन्न जनसेवामाथि आधारित कार्यक्रमहरु पनि गर्दै आइरहेको छ। आज यसै सन्दर्भमा गरिएको रक्तदान शिविर ईडेन धाम संस्थापक ब्रह्मलिन गुरुदेव श्री श्री एलबी लमजेल को 15औं महाप्रयान तथा पुण्य तिथिलाई स्मरण गर्दै ईडेन धाम सञ्चालन समिति दार्जीलिङ  तथा दार्जीलिङ जिल्ला अस्पतालको  संयुक्त आयोजनामा रक्तदान शिविरको आयोजना गर्‍यो।
उक्त रक्तदान शिविरमा धेरै रक्तदाताहरूले स्वेच्छापूर्वक रक्तदान गरेका छन्। आजको यस जनसेवामाथी आधारित कार्यक्रमलाई सम्बोधनमा राख्दै सर्वप्रथम ईडेन धाम दार्जीलिङका माताजी सरिता जमजेलले सम्पूर्ण भक्तजनहरू लगायत यस जनसेवाका कार्यक्रममा लागिपरेका सम्पूर्ण  स्वयंसेवीहरुलाई माताको आशिष अनि आशीर्वाद सधैंभरि रहनेछ भन्ने बताउँदै सबैलाई शुभकामना व्यक्त गरे।
यसपछि कार्यक्रममा उपस्थित माँ शक्ति धामका गुरुजी डाक्टर दिवास्कर क्षेत्री, माँ युनिक धामका गुरुजीद्वारा सम्पूर्ण आयोजक समितिका प्रतिनिधि लगायत रक्तदाताहरूलाई अनि जति पनि सहयोगी व्यक्ति विशेषहरू रहेको छ उनीहरु सबैलाई शुभकामना अनि बधाई टक्राए।
आजको रक्तदान शिविरमा जति पनि रक्तदाताहरूले स्वेच्छापूर्वक रक्तदान गरेका छन् यसै कार्यक्रम बीच उनीहरूलाई अध्यक्ष नन्द कुमार लमजेलको बाहुलीबाट प्रमाण-पत्र अनि रक्तदान कार्ड वितरण गरिएको छ। ईडेन धाम पूजा सञ्चालन समितिका सचिव गौतम सुन्दासद्वारा सञ्चालन गरिएको यस कार्यक्रममा धेरै भक्तजनहरूको उपस्थिति रहेको थियो भने यसै जनसेवा माथि आधारित कार्यक्रमलाई सम्बोधनमा राख्दै सचिव सुन्दासले इरेनधाम दार्जीलिङले आज पर्यन्त गर्दै आएका आध्यात्मिक पर्वहरू ईडेन धाम दार्जीलिङको के कस्तो रहेको छ , धामले वार्षिकी तौरमा के कस्ता कार्यहरू गर्दै आइरहेको छ अनि आगामी दिनमा के कस्ता कार्यक्रमहरू रहनेछ यस विषयबारे विस्तृत रुपमा प्रकाश पार्दै आजको रक्तदान शिविरमा जति पनि रक्तदाताहरुले रक्तदान गरेका छन् उनीहरू सबैलाई आयोजक समितिको तर्फबाट आभार व्यक्त गरेका छन्। यसको साथ साथै ईडेन धाम दार्जीलिङले आफ्नो स्थापना कालदेखि नै जनसेवामाथि समर्पित धेरै कार्यक्रमहरू गर्दै आइरहेको बताएका छन्। यसको साथसाथै सचिव सुन्दासले दार्जीलिङ जिल्ला अस्पतालका डाक्टर अनि नर्स लगायत कार्यक्रममा उपस्थित अस्पतालका प्रतिनिधि वर्गप्रति धामको तर्फबाट अन्तर हृदयबाट आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेका छन्। यसको साथसाथै रक्तदाताहरूलाई वितरण गरिएको कार्डमाथि पनि विशेष जानकारी दिएका छन्।


Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त