दार्जीलिङ,8 जुलाई(निसं): राजनीति संगसंगै समाज सेवकको रुपमा चिनिने दार्जीलिङ पहाडका नेता इडियन गोर्खा जनशक्ति फ्रण्ट संयोजक अनि सभासद अजय एडवर्ड्सले हालै बिजनबारी भ्रमणको क्रममा गोरामुमो संस्थापक स्वर्गीय सुवास घिसिङको युगदेखि समर्पित गोरामुमो(गोर्खा राष्ट्रिय मुक्ति मोर्चा) पार्टी सदस्य धुर्बा राईलाई भेट गरे, जो बिजनबारी अस्पतालमा गम्भीर अवस्थामा भर्ना भएका थिए। आफ्नो वाचा पूरा गर्दै, अजय एडवर्ड्सले आज बिहानै एम्बुलेन्स- गाडीको व्यवस्था गरिदिएर बिरामी धुर्बा राईलाई असल उपचार र छिटो स्वास्थ्यलाभको निम्ति दार्जीलिङको एक निजि अस्पतालमा भर्ना गराएको इडियन गोर्खा जनशक्ति फ्रण्ट मिडिया सेलले बताएको छ।










