खरसाङका सेण्डिकेटहरूलाई लिएर सचेतना मूलक कार्यक्रम

Share this news

खरसाङ, 6 जुलाई (मोहन प्रसाद): खरसाङ ट्राफिक पुलिसद्वारा खरसाङ बजारबाट विभिन्न स्थानमा गाड़ी चलाउने सेण्डिकेटका प्रतिनिधिहरूलाई लिएर एउटा सचेतना मूलक कार्यक्रम सम्पन्न गरिएको छ। खरसाङस्थित एलएमबी होटलमा सम्पन्न उक्त सचेतना मूलक कार्यक्रम गत 1 जुलाई देखि 8 जुलाईसम्म राज्यव्यापी चलिरहेको ट्राफिक सुरक्षा सप्ताह अन्तर्गत गरिएको हो । कार्यक्रममा खरसाङ ट्राफिक पुलिस प्रभारी एसआई वीरेन्द्र छेत्री सहित खरसाङ ट्राफिकका अन्य अधिकारीहरू साथै सिभिक भोलिन्टियर, दार्जीलिङ ट्रक ड्राइभर एसोसिएशन, धर्मशाला लाईन सिण्डिकेट अनि खरसाङ क्षेत्रको लगभग सबै सिण्डिकेटका प्रतिनिधि अनि सदस्यहरूको व्यापक उपस्थिति थियो । कार्यक्रममा खरसाङ ट्राफिक पुलिसका प्रभारी एसआई वीरेन्द्र छेत्री सहित अन्य अधिकारीहरूले पनि वक्तव्य राखेका थिए । यस बाहेक यातायात सिण्डिकेटका प्रतिनिधिहरूले पनि ट्राफिक नियम साथै नशालु पदार्थ सेवनको विरुद्धमा आयोजित उक्त सचेतना मूलक कार्यक्रममा वक्तव्य राखेका थिए। छेत्रीले जनाए अनुसार,जनहितमा एवं चालकहरूको हितमा सबैले खरसाङमा सुचारु रूपले ट्राफिक नियम पालन गर्नु पर्ने विषयमा जोर दिए। वीरेन्द्र छेत्रीले कार्यक्रममा सेण्डिकेटलाई अनुमति दिइएको जग्गामा आफ्नो गाड़ी पार्किङ गर्ने, चालकहरूले नशालु पदार्थ बोकेको कुनै सन्दिग्ध व्यक्तिलाई देखेको खण्डमा पुलिसलाई खबर गर्ने, गाड़ी चलाउदा नशालु पदार्थ अनि मादक पदार्थ सेवन गरेर नचलाउने सुझाउ दिँदै केवल पुलिसले मात्र यातायत व्यस्था र नशालु पदार्थको सेवन र बिक्रीमाथि रोक लगाउन सक्दैन। यसमा सबैको सहयोगको आवश्यकता रहन्छ भने। छेत्रीले खरसाङ शहरी क्षेत्रमा लोडिङ-अनलोडिङको समय बिहान 8 बजे अनि राति साढ़े सात बजे रहेको बताए। तिनले आपतकालिन लोडिङ-अनलोडिङको निम्ति ट्राफिक पुलिससित सम्पर्क गर्ने पनि सुझाउ कार्यक्रममा दिए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त