भानु वेलफेयर संगठनद्वारा 18 नम्बर वार्डमा फलका बिरुवा रोपियो

Share this news

खरसाङ, 6 जुलाई (निसं)ः विश्‍व वातावरण सप्ताहको अवसरमा भानु वेलफेयर संगठनका महिलाहरूले आइतवार खरसाङ नगरपालिकाको 18 नम्बर वार्डमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेका छन्। संगठनका सदस्यहरूले कमानको बाटो छेउमा विभिन्न फलका बिरुवा रोपेका छन्। संगठनकी सचिव सरोज चौहानले यस कार्यक्रमको बारेमा जानकारी दिँदै भनिन्, गत वर्ष जस्तै यस वर्ष पनि हामीले फलका बिरुवाहरू रोपेका छौँ। भविष्यमा जब बोटले फल दिन थाल्छ, बाटोमा हिँड्ने सबैले फलको स्वाद लिन सक्नेछन्। उनले अझ भनिन्, हामी हरेक वर्ष बिरुवा रोप्छौँ तर रोपिएको बिरुवाको अवस्थाबारे खासै ध्यान दिँदैनौँ। तर हाम्रो संस्थाले विगतमा रोपेका प्रायः सबै बिरुवा अहिले हुर्केका छन्। आज हामीले ती पुराना बिरुवाहरूको गोडमेलसमेत गरेका छौँ। संगठनकी अध्यक्ष शशी थापाले वृक्षरोपण कार्यक्रम संस्थाका दिदी-बहिनीहरूका लागि वातावरण संरक्षणमा एकसाथ जुट्ने अवसर भएको बताइन्। तिनले भनिन्, हाम्रो सदस्य संगीता शर्माले विरुवाको जोहो गरिदिइन्। अन्य सदस्यले मल र बारको व्यवस्था गरे। हामी एक्लै होइन, सँगै मिलेर काम गर्न रुचाउँछौँ। त्यसैले स्थापना भएको 6 वर्षपछि पनि सबै सदस्य संस्थासँग जोडिएका छन्। आज वृक्ष रोपण कार्यक्रममा शशी थापा आले, सरोज चौहान, सविना प्रधान, संगीता शर्मा, सुष्मा सुब्बा, गीता छेत्री र ज्योति राई रहेका थिए। भानु वेलफेयर संगठन महिलाहरूद्वारा स्थापित तथा सञ्चालित गैरराजनीतिक संस्था हो। संगठनले वार्डमा निःशुल्क स्वास्थ्य शिविर, जनचेतना कार्यक्रम, वार्ड सफाइ, रोगी सहायता लगायतका कार्यक्रम गर्दै आएको छ। संस्थाले आफ्नो स्थापना दिवस भानु जयन्ती अर्थात् 13 जुलाईका दिन मनाउने गर्छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त