लायन्स क्लब अफ खरसाङको 48 औँ स्थापन दिवस

Share this news

खरसाङ, 5 जुलाई (निसं)ः लायन्स क्लब खरसाङले आफ्नो 48 औँ स्थापन (इन्स्टलेशन) दिवस समारोह शुक्रवार खरसाङस्थित कक्रेन् प्यालेसमा सम्पन्न गरियो। यसै समारोहमा क्लबका नयाँ पदाधिकारीहरूले वर्ष 2025-26 को लागि औपचारिक रूपमा कार्यभार ग्रहण गरे। नयाँ कार्यसमितिमा विवेक गोयल अध्यक्ष, आयुष गुप्ता सचिव, रजनी अग्रवाल कोषाध्यक्ष चयन भएका छन्। उनीहरूलाई पूर्व डिष्ट्रिक्ट गभर्नर केदार गजमेरले शपथ ग्रहण गराएर जिम्मेवारी सुम्पेका थिए। यसैगरी, क्लबमा नवप्रवेशी सदस्यहरू नीलम चाचन, आनन्द पारेख, रोहन चौरासिया र निरञ्जन कुमारलाई जिल्लाका पहिलो उप डिष्ट्रिक गभर्नर ज्योति गुप्ताले शपथ ग्रहण गराएर स्वागत गरे। समारोहमा बोल्दै समारोहका प्रमुख अतिथि ज्योति गुप्ताले भारतका एपी सिंह अन्तर्राष्ट्रिय लायन्स क्लबका प्रेसिडेन्ट बनेकोमा गर्व सबैले गर्व गर्नु पर्ने बताउदै हाम्रो उद्देश्य समाजका अधिक भन्दा अधिक मानिसलाई सेवा पुर्‍याउनु हो भन्दै क्लबका सदस्यहरूलाई समाजसेवामा अझै सक्रिय हुन आह्वान गरे। पूर्व डिष्ट्रिक्ट गभर्नर केदार गजमेरले क्लबको समृद्ध इतिहासको चर्चा गर्दै लायन्स क्लब खरसाङ धेरै पुरानो क्लब हो। अब क्लबले सेवासँगै युवा नेतृत्व पनि विकास गर्नुपर्छ भनी आफ्नो धारणा प्रकट गरे। नव निर्वाचित दोस्रो उप डिष्ट्रिक्ट गभर्नर शिवानी गोयन्काले क्लबले 48 वर्ष पूरा गरेकोमा खुशी व्यक्त गर्दै हामी अझ लगनशील भएर समाजको सेवामा लाग्नुपर्छ। सरकारका तन्त्रहरूसँग मिलेर समाजको सेवा कार्य गर्नुपर्छ, भनिन्। स्थापन समारोहमा क्लबका सदस्य, छिमेकी क्लबका प्रतिनिधि तथा पूर्व डिष्ट्रिक्ट गभर्नर पीसी अग्रवालको विशेष उपस्थिति रहेको थियो। क्लबका उपाध्यक्ष सरोज चौहानले स्थापन समारोह नयाँ नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्ने कार्यक्रम भएको जानकारी गराइन्। कार्यक्रममा निवर्तमान अध्यक्ष वरुणले सदस्यहरूको उत्कृष्ट कार्यको कदर गर्दै अध्यक्ष पुरस्कार प्रदान गरे। कार्यक्रमको सञ्चालन विकास गोयलले गरेका थिए। यस समारोहले लायन्स क्लब अफ खरसाङको समाज सेवामा निरन्तरता र प्रतिबद्धतालाई अझ सशक्त बनाएको र आफूहरूलाई उर्जा मिलेको सहभागीहरूले बताए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त