टेलिफोनको पुराना खाँबो र तारहरू बेवास्ता गरिएको गुनासो

Share this news

खरसाङ, 4 जुलाई (निसं)ः अघिको समयमा फलाम अथवा अन्य धातुको खाँबोमा धेरैवटा इन्सुलेटरको सहयोगमा जीआई तारको माध्यमबाट टेलिफोन सेवा प्रदान गरिने गरिन्थ्यो। पछिबाट केबलको प्रयोग हुन थाल्यो अहिले अप्टिकल फाइबरको साथमा केबलको पनि प्रयोग भइरहेको छ। तथापि अघिको तुलनामा अहिले ल्याण्ड लाईन टेलिफोन प्रयोग गर्नेहरूको संख्यामा धेरै कामी आएको छ। धेरै वर्ष अघि प्रयोगमा रहेका टेलिफोनको खाँबोहरू, यसमा रहेका इन्सुलेटर अनि जीआई तार अहिलेसम्म धेरै स्थानमा उठाइएको छैन। त्यस समयका कतिपय टेलिफोनका खाँबोहरूबाट वर्तमानमा केबल टाँगेर लगिएको छ भने धेरै यस्ता टेलिफोनका खाँबोहरू, खाँबोमा रहेका इन्सुलेटरहरू अनि जीआई तार अहिले पनि खरसाङको विभिन्न स्थानमा देखिन्छन्। तथापि यस्ता जीआई तारहरू कतिपय स्थानमा चुड़िएर लत्रिरहेको, झुण्डिरहेको अवस्थामा देखिएका छन् भने कतिपय टेलिफोनका खाँबोहरू झल्किएको, भाँचिएको, तेर्सो परिरहेको अवस्थामा पाइएका छन्। यस्ता टेलिफोनका खाँबो अनि तारहरूको कारण जनसाधरणले भने समस्याको सामना गर्न परिरहेका छन्। खरसाङको लगभग सबै स्थानमा टेलिफोनको यस्ता पुराना खाँबो र तारहरू देखिन्छन्। कतिपय मानिसहरूले समस्याले दिक्क भएर यस्ता खाँबो र तारहरू आफ्नो सुरक्षाको निम्ति हटाइएको पनि पाइएको छ। तथापि विगतको भारत दुर सञ्चार विभाग वर्तमानको भारत सञ्चार निगम लिमिटेडलाई यस्ता पुराना टेलिफोनका खाँबो, खाँबोमा लगाइएका फलामका एङ्गल, इन्सुलेटर, जीआई तारको कुनै वास्ता नरहेको पाइएको छ। कतिपय यस्ता टेलिफोनका पुराना खाँबो भाँचिएर सड़क तर्फ ढल्किएकोले पैदल हिँड़ने मानिसहरूलाई समस्या भएको गुनासो छ भने कतिपयको घरको छेवैमा रहेको यस्ता खाँबो ढल्न लागेको अवस्थामा रहेकोले समस्या भएको गुनासो छ त कतिपय स्थानमा यस्ता पुराना तारहरू चुड़िएर लत्रिएको गुनासोहरू छन्। खरसाङका कतिपय मानिसहरूले यस्ता खाँबोहरू हटाउनको निम्ति निवेदन गर्दा पनि निगमले हटाउने कार्य नगरेको गुनासो गरेका छन्। खरसाङ क्षेत्रमा यसरी कुनै उपयोग बिना रहेका टेलिफोनको खाँबो, खाँबोमा रहेका फलामका एङ्गलहरू, इन्सुलेटर, तार उठाएर बिक्री गरिएको खण्डमा लाखौँ रुपियाँ राजस्व संकलन हुने मानिसहरूको भनाइ छ। यस्ता टेलिफोनका खाँबो, तारहरूको कारण क्षेत्रको सुन्दरतामा असर गरेकोसम्म मानिसहरूको गुनासो छ। निगमले यस्ता खाँबो र तारहरू उठाउनको निम्ति कार्य गर्नु पर्ने मानिसहरूको माग छ।


Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त