डाउहिल क्षेत्र प्लास्टिक ब्यागमुक्त क्षेत्र घोषणा

Share this news

खरसाङको‌ डाउहिल क्षेत्रलाई प्लास्टिक ब्यागमुक्त क्षेत्र घोषणा गरिएको छ। आज खरसाङको डाउहिलस्थित ईको पार्कमा जीटीए प्रमुख अनित थापा र दार्जीलिङ जिल्ला शासक आइएएस डा. प्रीति गोयलद्वारा रिबन काटेर उदघाटन गर्दै खरसाङको‌ डाउहिल क्षेत्रलाई प्लास्टिक ब्यागमुक्त क्षेत्र घोषणा गरिएको छ।‌ यस अवसरमा दुवैले डाउहिलको ईको पार्क क्षेत्रको भ्रमण पनि गरेका थिए। यस भ्रमणको समय दुवैलाई डीएफओ आइएफएस देबेस पाण्डे अनि रेञ्जर अफिसर सम्बर्दा साधुले डाउहिल ईको पार्कको विषयमा विस्तृत जानकारी गराएका थिए।‌ यसै अवसरमा अन्तर्राष्ट्रिय प्लास्टिक ब्यागमुक्त दिवस पालन गर्दै स्थानीयहरुको‌ उपस्थितिमा डाउहिलको ईको पार्कदेखि सचेतना रैलीको आयोजना गर्दै डाउहिलस्थित सुवास घिसिङ स्मृति सार्वजनिक भवनसम्म आयोजना गरिएको थियो। उक्त सचेतना रैलीमा प्लास्टिकमुक्त क्षेत्रको लागि विभिन्न सचेतनामूलक नाराहरु लगाइएको थियो। सचेतनामूलक नाराहरुलाई‌ रेञ्जर अफिसर सम्बर्दा साधुले अगुवाई गरेका थिए। उक्त रैलीमा जीटीए प्रमुख अनित थापा र दार्जीलिङ जिल्ला शासक डा. गोयल लगायत अन्यान्यले सहभागिता जनाएका थिए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त