सेलेमण्डर झील क्षेत्रमा वन महोत्सव पालन

Share this news

दार्जिलिङ जिल्ला प्रशासन र खरसाङ डिभिजन फरेस्टको आयोजनामा वन संरक्षण र जल स्रोतको संरक्षणको लागि आज खरसाङको चित्रेस्थित कालपोखरी सेलेमण्डर झील क्षेत्रमा वन महोत्सव पालन गरिएको छ। यस अवसरमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा र दार्जीलिङ जिल्ला शासक आइएएस डा. प्रीति गोयलको बाहुलीबाट झोडा सुन्दरीकरण प्रोजेक्ट बोर्डको अनावरण गरिएको छ। यस अवसरमा उक्त सेलेमेण्डर झीलमा पूजा अर्चना गरेर वन संरक्षण र जल स्रोतको संरक्षणको लागि वृक्ष रोपणको कार्य पनि सम्पन्न गरिएको छ‌। जसमा जिल्ला शासक डा प्रिति गोयल र जीटीए प्रमुख अनित थापाको संयुक्त बाहुलीबाट यसको अनावरण गरिएको छ।‌ यस अवसरमा जीटीए प्रमुख अनित थापा र जिल्ला शासक डा. प्रीति गोयलले यहाँ वृक्ष रोपण कार्य पनि गरेका छन्। यसको साथै खरसाङ महकुमा शासक आइएएस बिन्दबासिनी तेजा दिपक, डीएफओ आईएफएस देबेस पाण्डे, खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री, सभासदहरु श्याम शेर्पा र नुरी शेर्पा, खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती, खरसाङ महकुमा पुलिस अधिकारी आईपीएस निरजा अनीश शाह, खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान लगायत अन्यहरु उपस्थित भएर वृक्ष रोपण कार्यमा सहभागिता जनाएका थिए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त