अलग राज्य समन्वय समितिको दिल्ली मुखी कार्यक्रमको तयारीको सभा

Share this news

दार्जीलिङ, 3 जुलाई(निसं): अलग राज्य समन्वय समितिले ग़ैर-राजनीतिक सङ्गठनहरूलाई सामूहिक कार्यक्रमको गोर्खाल्याण्डको लागी आह्वान गर्दै मंगलबार कदमताला, सिलगढीमा अलग राज्य समन्वय समितिको आयोजनामा एउटा बैठक सम्पन्न भयो, जसमा गोर्खा गौरव संस्थान, गोर्खाल्याण्ड एक्टिविस्ट,  भारतीय गोर्खा परिसंघ, ज्ञान (गोर्खाल्याण्डको यूथ एक्टिविस्ट नेटवर्क), स्वतन्त्र समूह बैठकमा उपस्थित थिए। बैठकको उद्देश्य  गोर्खाल्याण्ड राज्यको  सृजनाको लागि एउटा साझा मार्ग निर्माण गर्नु थियो भनी अलग राज्य समन्वय समितिले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ।
अलग राज्य समन्वय समितिले प्रेस विज्ञप्ति अनुसार, बैठकमा सबै सङ्गठनहरू आ-आफूले आयोजना गर्ने कार्यक्रमहरूमा एक अर्काको सहभागिता रहने गरी भविष्यमा संयुक्त कार्यक्रमहरू सुरु गर्ने सहमति भएको छ । साथै, ज्ञानलाई माटो बचाऊ आन्दोलन को जिम्मेवारी दिइएको छ र दिल्लीमा हुन लागेको  गोर्खाल्याण्डको  एक्टिविस्ट पूर्ण समर्थन जनाउने निर्णय गरिएको छ । साथै, शहीद दिवसको अवसरमा गोर्खाल्याण्डका शहीदहरूबारे किताब प्रकाशित गर्न आवश्यक सम्पूर्ण सहयोग गोर्खा गौरव संस्थालाई प्रदान गर्ने सहमति पनि भएको छ ।
बैठकको समापन प्रेस विज्ञप्ति सहित गरिएको थियो जसमा  गोर्खाल्याण्डको एक्टिविस्ट किशोर प्रधान र ज्ञानका वीरेन्द्र राइसलि‍ले सबै सङ्गठनहरूलाई एकजुट गराउने पहलका लागि अलग राज्य समन्वय समितिलाई धन्यवाद ज्ञापन गर्दै अहिले गोर्खा समुदायले भोगिरहेका अन्यायहरुको विरुद्ध उभिन जरुरी रहेको बताएका थिए ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त