पर्यटन मानचित्र भित्र ओझेल परेको गोप्रे फल्स

Share this news

मजुवा, 3 जुलाई (निसं): दार्जीलिङ-पुलबिजनबारी अधिनस्त मजुवा ग्राम अन्तर्गत लोअर भीरगाउँ स्थित यो कुलुङ फल्स अनुमानित लगभग साँढे 6 सय फीट अग्लो यस झरनालाई सुन्दरी करण गर्न सके देशी-विदेशी पर्यटकहरू रमाइलो गर्ने थलो बन्न सक्ने होमस्टे सञ्चालकहरूले बताएका छन। मजुवा ग्राम लंगुरदाङ स्थित लंगुरदाङ फार्मिस्टेका सञ्चालन बुद्धिमान राईलाई पर्यटकहरूले फोन सम्पर्कमा यसै कुलुङ फल्सको कुरा राख्ने गरेको बताउ छन्। लगभग क्षेत्र कै सबै भन्दा ठूलो छाँगो मानिएको उक्त फल्सको भ्रमणमा देशी पर्यटकहरू फाटक फुटुक आउन थालेको छ। जसलाई  सम्बन्धित विभागले प्रोत्साहित गर्दै विकसित गराउन सम्बन्धित विभागको ध्यानार्कषण हुनु साथमा सुन्दरी करणको अवश्यकता रहेको पनि स्थानिय पर्यटन प्रेमिकाहरूको भनाई रहेको छ।
प्राकृतिक शौन्दर्यले भरिपूर्ण पहाडको डाँडा-काँडा, हरियाली खोला-नाला अनि कन्दराहरूमा पर्यटकहरूको आनन्द र खुशी लुकेको छ। पर्यटकहरूलाई आकर्षित गर्दै लोभाउने यस्ता थाँतथलोहरू धेरै छन, जो आजसम्म पर्यटन स्थलको रूपमा चिन्हित हुन सकिरहेका छैनन्। पहाडको आयस्रोतहरू मध्ये पर्यटन व्यावसाय एक भए तापनि हालमा पर्यटन स्थलहरूको विकासमा सुस्तता आउनको साथै लघुपर्यटन होमस्टेहरू तिर नै पर्यटकहरूको ध्यानाकर्षण हुन थालेको छ। यसैले अब पहाडको कुना काप्चा तिर रहेको भीर पहाराहरूलाई चिन्हित गरेर विकासित गरिनुपर्ने देखिन्छ। पहाडमा खोला नाला,छाँगा अनि झरनाहरू नै पर्यटक र पर्यटनको निम्ति आकर्षितको केन्द्रबिन्दु बनिन्दै गइरहेका पनि छन्।
वेरोजगार युवा जमातहरूका बड्दो समस्याको एउटै समाधान बोकेका लघु पर्यटन  उद्योग होमस्टे सञ्चालनमा यस्तै झरना, झोडाहरूको सुन्दरी करणले पर्यटकहरू ताँती लाग्न थालेको देखिन्छ भने यस्तै पर्यटनको सम्भावना बोकेको ठूलोछाँगो गोप्रे फल्स तथा हालमा कुलुङ फल्स नामले प्रचलित बन्दै छ भनी क्षेत्रवासी बताउछन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त