कलकत्तामा शहीद दुर्गा मल्लको जन्म दिवस पालन

Share this news

खरसाङ , 2 जुलाई (निसं)ः कलकत्ताको हेस्टिङस्थित भारतीय गोर्खा संघको तत्त्वावधानमा मेजर शहीद दुर्गा मल्लको 112 औँ जन्म जयन्ती भव्य रुपमा पालन गरियो। कार्यक्रमको सभापतित्व संघकै सभापति बबिता राईले गरिन्। कार्यक्रमको प्रमुख अतिथि नारायण प्रसाद होमागाई, अतिथिहरुमा विकास कार्की, प्रकाश राई, सन्तोषचन्द्र दर्नाल, सुरेश प्रधान, कृष्णलाल, सपन जाना अनि कासिम खान रहेका थिए। स्मरण रहोस्, सन् 1965 मा स्थापित भारतीय गोर्खा संघले आफ्नो स्थापना कालदेखि नै नेपाली जातिको उत्थानको निम्ति विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ। उनीहरुले कलकत्ता शहरको हेस्टिङको क्यानल रोडमा, जहाँ भारतीय गोर्खा संघको आफ्नै कार्यालय छ, उक्त स्थानमा, सन् 2013 मा अमर शहीद मेजर दुर्गा मल्लको अर्धकद सालिकको स्थापना गरेर महत्वपुर्ण काम गरे। यस कार्यक्रममा धेरै मानिसहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन अरूण राईले गरेका थिए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त