खरसाङ अस्पतालमा रहेको समस्या र कमी-कमजोरीहरूबा उपनिर्देशक र संयुक्त निर्देशकले लिए रिपोर्ट

Share this news

खरसाङ, 30 जून (निसं)ः राज्य र जीटीएको स्वास्थ्य विभागका अधिकारीहरूको एउटा टोलीले सोमवार खरसाङ महकुमा अस्पतालको भ्रमण गरेको छ। यस टोलीमा उत्तर बङ्गाल स्वास्थ्य निर्देशनालय, उत्तरकन्या (स्वास्थ्य सेवा) का उप निर्देशक डाक्टर तनिमा मण्डल, संयुक्त निर्देशक डाक्टर पुरण कुमार शर्मा, जीटीए स्वास्थ्य विभागका प्रभारी सभासद श्याम शेर्पा, खरसाङ महकुमा अस्पताल रोगी कल्याण समितिका अध्यक्ष दिवस छेत्री सहभागी थिए। अस्पताल भ्रमणको अवधिमा टोलीका अधिकारीहरूले अस्पतालको तीन महिनाको रिपोर्टको जाँच गरे। जसमा अहिलेसम्म अस्पतालमा गरिएको शल्यक्रिया (सर्जरी) हरूको विवरण, डाक्टरहरूको तीन महिना भित्रमा रोगीहरूको जाँच गरेको विविरण, रक्त जाँचको विविरण, रक्त जाँचको निम्ति रहेका विभिन्न समस्याहरू, मशीनहरूको आवश्यकताको बारेमा रिपोर्ट लिए। भ्रमणको अवधिमा अधिकारीहरूले विगत समयको तुलनामा अस्पतालमा गरिएका शल्यक्रिया अनि रोगीहरूको जाँचको संख्यामा कमी पाएपछि यस बारेमा टोलीले जानकारी लिए। अस्पतालको विभिन्न कक्ष अनि विभागहरूको निरीक्षण भ्रमण गरेपछि टोलीका अधिकारीहरूको अस्पतालकी सुपरिटेण्डेन्ट डा. रुमी मण्डल, डाक्टर अनि नर्सहरूसित एउटा सभा भयो। सभामा अस्पतालको विभिन्न समस्या, डाक्टर अनि नर्सहरूको समस्याको बारेमा अधिकारीहरूले जानकारी लिए। अस्पतालमा सिलगढ़ीबाट हप्तामा तीन दिन गरेर डाक्टहरू किन आउने गर्दैछन् भन्ने बारेमा पनि टोलीका अधिकारीहरूले जानकारी लिए। यस बारेमा डाक्टहरूले अस्पतालको क्वार्टरहरूको अवस्था राम्रो नरहेकोले सिलगढ़ीबाट धाउन परेको गुनसो गरे। अस्पतालका क्वार्टरहरूलाई ठीक गर्नको निम्ति सभासदहरू मार्फत जीटीएको ध्यानाकर्षण गरियो भने अधिकारीहरूले पनि उच्च तहमा यसको रिपोर्ट पठाउने भए। अस्पतालको ल्यबमा रहेका विभिन्न सर-सामनहरूको कमीको बारेमा पनि सभासदहरू मार्फत जीटीएलाई अवगत गराइने अनि राज्यको उच्च तहमा रिपोर्ट पठाइने अधिकारीहरूले बताए। यी अधिकारीहरूलाई अस्पतालको विभिन्न समस्या समाधान, डाक्टरहरूको उपलब्धता, विभिन्न मशिनहरूको व्यस्थाको निम्ति सभासद श्याम शेर्पाले एउटा ज्ञापन पनि दिएका छन्। अधिकारीहरूको भ्रमणको बारेमा बताउदै सभासद श्याम शेर्पाले भने, उत्तर बङ्गाल स्वस्थ्य सेवा निर्देशालय उत्तर कन्या (स्वस्थ्य सेवा) का उपनिर्देशक डा. तनिमा मण्डल अनि संयुक्त निर्देशक डा. पुरण कुमार शर्माले सोमवार धैयाबारी उपस्वस्थ्य केन्द्र साथै खरसाङ महकुमा अस्पतालको भ्रमण गरेका छन्। अधिकारीहरूको टोलीमा म लगायत खरसाङ महकुमा अस्पताल रोगी कल्याण समितिका अध्यक्ष दिवस छेत्री पनि सामेल थिए। भ्रमणको अवधिमा अधिकारीहरूले अस्पतालमा तीन महिनासम्म रोगीहरूको शल्याक्रिया गरिएको, रोगीहरूको जाँच गरिएको, रक्त जाँच गरिएको, अस्पालमा रहेका विभिन्न समस्याहरू, कमी-कमजोरीहरूको बारेमा रिपोर्ट लिएका छन् अनि ती समस्याहरूको समाधानको निम्ति जीटीए अनि राज्य सरकार मार्फत गराइने भएको छ। टोलीको साथमा अस्पतालका सुपरिटेण्डेन्ट डा. रुमी मण्डल, अस्पतालका डाक्टर अनि नर्सहरूको एउटा सभा पनि भएको छ। यस सभामा पनि अधिकारीहरूले डाक्टर अनि नर्सहरूको समस्याहरूको बारेमा जानकारी लिएका छन्। अस्पतालको समस्या र कमी-कमजोरीहरूको बारेमा सभामा चर्चा गरिएको छ। ती सबै समस्याको समाधानको निम्ति आगामी दिनमा जीटीए अनि राज्य सरकारको उच्च निकायलाई अवगत गराइने छ। अधिकारीहरूको टोलीद्वारा अस्पतालको भ्रमण गरी रिपोर्ट प्राप्त गरिएपछि आगामी दिनमा समस्याहरूको समाधानको निम्ति कार्य अवश्यै हुनेछ। सभासद शेर्पाले एक लाख भन्दि बढ़ी जनसंख्यालाई स्वस्थ्य सेवा पुर्‍याउने खरसाङ महकुमा अस्पतालको अवस्था राम्रो हुन पर्ने, यहाँ रोगीहरूको निम्ति अझ बढ़ी सुविधा र स्वस्थ्य सेवा उपलब्ध रहनु पर्ने बताउदै अस्पतालको विभिन्न समस्याहरू समाधान गर्ने अनि अस्पताललाई रोगीहरूको निम्ति उच्च स्तरको स्वस्थ्य सेवा प्रदान गर्ने बनाउनको निम्ति आफूले अधिकाहरूलाई ज्ञापन चड़ाएको अवगत गराए। यस दिशामा आगमी दिनमा जीटीएका मुख्य कार्यपाल अनित थापासित चर्चा गरेर कार्य गरिने पनि बताए।


Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त