माईनरिटी सोसाइटी-द्वारा प्रतिमा राईलाई सम्बर्द्धना

Share this news

दार्जीलिङ,30 जुन(निसं): घुम-जोरबंगलो क्रिश्चियन  माईनरिटी सोसाइटी (पुरानो नाम घुम जोरबंगलो ईसाई संयुक्त संगति)‌-द्वारा दार्जीलिङ जिल्ला अन्तर्गत घुम दिलमाया बस्ती निवासी आश कुमार राई अनि छिरिङ डोमा भोटियाकी छोरी तथा दार्जीलिङ सन्त जोसेफ महाविद्यालय अध्ययनरत छात्रा प्रतिमा राई जसले गत 18 मईको दिन विश्वकै सबै भन्दा उच्च पर्वत सागरमाथाको चोटीमा सफलता पुर्वक पाईला टेकी स्थानिय क्षेत्रवासी साथै दार्जीलिङ पहाड लगायत भारतभरि छरिएर बसेका गोर्खा जातीलाई अतिनै गौरवान्वित बनाएकोमा उनको यस सहास एवं जोखिम पुर्ण कार्यको सराहना गर्दै घुम जोरबंगलो क्रिश्चियन माईनरिटी सोसाइटीद्वारा उनको निजि बासस्थानमा पुगी सम्मान जनाइयो। सचिव डिकन रोशन त्रिखत्रीले संचालन गरेकाे यस कार्यक्रमलाई प्रारम्भिक प्रार्थना पास्टर आईबी राईद्वारा गरिएको थियो भने मुख्य सल्लाहकार रेभरेन प्रह्लाद हिंगमांगद्वारा पर्वतारोही प्रतिमा राईको यस उपलब्धिमाथि हर्ष जाहेर गर्दै संस्थाको पक्षमा दुई शब्द राखे । सचिव द्वारा सम्बर्द्धना-पत्र पठन गरे पश्चात् पास्टर आईबी राई अनि एलडर ध्रुव क्षेत्रीद्वारा दोसल्ला र खाँदा लगाएर सम्मान जनाइयो साथै आजको कार्यक्रमको अध्यक्ष तथा यस संस्थाका सभापति एलडर गोरडेन ब्यारेटको बाहुलीबाट  प्रतिमा राईलाई सम्बर्द्धना पत्र प्रदान गरियो । कार्यक्रममा भेला भएका उनको सम्पुर्ण घर परिवारका सदस्यहरू लाई पनि आयोजक समितिको पक्षबाट बधाई तथा शुभकामना ब्यक्त गर्दै माल्यार्पण गरे । यस सम्मान तथा सम्बर्द्धना कार्यक्रममा संस्थाको पक्षमा उप सभापति एलडर आरएस राई , सल्लाहकार क्रमैले डिकन रमेश पोरतेल ,  नेत्र त्रिखत्री , एलडर प्रेम राई , सह कोषाध्यक्ष  भुवन लिम्बू को उपस्थिति रहेको थियो । यसै कार्यक्रमको अवसरमा प्रमुख सल्लाहकार एवं भुतपूर्व सचिव रेभरेन प्रह्लाद हिंमांगद्वारा घुम- जोरबंगलो ईसाई संयुक्त संगति नाम परिवर्तन भई आज देखि घुम जोरबंगलो क्रिश्चियन माईनरिटी सोसाइटी भएको घोषणा गर्दै यस सम्बर्द्धना कार्यक्रमको अन्त गरियो ।


Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त