दही-चिउरा खाने पर्व पालन गर्दै धान रोप्दै कृषकहरु

Share this news

बिजनबारी,30 (निसं): असार पन्ध्र, कृषि अनि जीवनसित सम्बन्धित मानिसहरुको विशेष दिनको पर्व हो। यो दिन धान रोपाइ गरी दही र चिउरा खाएर कृषि पर्वको रूपमा मनाइने चलन छ । कृषि सभ्यतामा असार महिनालाई मानो खाएर मुरी उब्जाउने अवसरको रुपमा लिने गरिन्छ। यद्यपि  दैनिक रूपमा शुरु भएको आधुनिकताले यो विषेश महत्व बोकेको मौलिक पहिचान मानिने पर्व, असारे भाका र संस्कृति भने दैनिक रूपमा लोप  भइरहेको छ । 90 को दशकसम्म बेठी चलन  समेत चर्चा पाउने दार्जीलिङ-पुलबजार खण्डको ग्रामीण भेगका फाँट र खेतहरुमा संस्कृतिको खासै गुञ्जायस र गन्ध पनि अहिले आउँदैनन् । यसपालीको असारमा रोपाहार दिदीबहिनीहरुले कतैकतै लोप हुनै लागेको असारे गीत कनिकुथी जानीनजानी गाउँदै धान रापाईँमा व्यस्त रहे त कतै आधुनिक चल्तीका मात्र गित सुनिए । तर, वास्तविक असारे गीत र संस्कृति झल्काउने भाका गुञ्जिएको कतै सुनिएनन् । असारको महत्व घट्दै गएको हाम्रो समाजमा रोपाईँ पर्व मात्रै रोपाइको निरन्तरताको लागि सिमित भइरहेको छ स्थानीय मानिसहरु बताउछन् ।
स्थानीय मानिसहरुले बताए अनुसार, असार 15 को दिन एक फेर हिलो टेक्नु भन्ने मान्यता छ । यस दिन रोपाइलाई पर्वको रुपमा मनाइने हुँदा खेतको हिलोमा पसेर असारे गीत गाउँदै धान रोप्ने गरिन्छ । हलगोरुले हिल्याएको हिलोमा छुपुछुपु धान रोपेर आपसमा रमाउँदै रोपाहार र बाउसेहरु एकापसमा हिलो छ्यापाछ्याप गरी हिलो खेलेर अन्न दिने माटोलाई माया गर्छन् र गीतका भाकामार्फत् आपसमा माया पिरती समेत साट्ने गर्छन । यसरी गीत गाउँदै हिलो खेल्दा एकातिर आपसमा मित्रता बढेर हर्ष खुशी छाउछ भने चर्मरोग पनि निको हुन जनविश्वास रहेको छ । रोपाइ गरेर थाकेको अवस्थामा पोषिलो र शीतलता प्रदान गर्ने खाद्य परिकार दही चिउरा र केराको खाजा खाने यसको अर्को छुट्टै महत्त्व छ। हाम्रो समाजको पूर्वीय परिकार दही चिउरा असार 15 मा खानको विशेष महत्त्व बोकेको छ। असार महिनामै बर्षको सबैभन्दा लामो दिन पर्ने भएकोले हिलोमा गाइने असारे गीतले समाजमा आजदेखि दिन छोटा र रात लामा हुने दिनहरू शुरुवात हुनेमा केहि जनबिश्वास गरिन्छ ।  यसैबीच स्थानीय किसानहरुका अनुसार कृषकहरुको दिनचर्या अनि व्यस्ततालाई चिनाउने खालका मौलिक संकृतिभित्रको एउटा पाटोको रुपमा असारे गीतलाई लिने गरिन्छ । तैपनि पछिल्लो समयमा यसको अस्थित्व संकटमा परेकोमा यहाँका संस्कृतिकमी र बुद्धिजिवीहरुका लागी चिन्ताको विषय बनेको उनीहरूको तर्फ छ । आधुनिकताको मारमा तथा युवावर्गहरु धान खेतीलाई चासो देखाउन छाडेसगै अन्य संस्कृति परेसरह असारे गीत तथा धान रोपाइ पनि संकटमा परेको सचेत जन बताउँछन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त