विम्बल्डनमा रेकर्ड २५औं ग्राण्ड स्ल्याम खिताब जित्ने जोकोविचको लक्ष्य

Share this news

लण्डन, २९ जूनः नोवाक जोकोविचसँग अहिले कुनै पनि टुर्नामेण्ट शुरु हुन अघि उनको सन्न्यासबारे प्रश्न गरिने भए पनि यस दिग्गज खेलाड़ीको नजर सोमवारदेखि शुरु हुने विम्बल्डनमा रहेको छ, जसलाई उनी आफ्नो रेकर्ड २५औं ग्राण्ड स्ल्याम खिताब जित्ने सर्वश्रेष्ठ मौका मान्छन्। जोकोविच अहिले ३८ सालका हुन् अनि विम्बल्डन अघि पनि उनीसँग के उनी यहाँ अन्तिमपल्ट खेल्नेछन् भनी प्रश्न गरियो। यस २४ पल्टका ग्राण्ड स्ल्याम च्याम्पियनले पनि पुरानै सुरमा जवाफ दिए। सर्बियाका खेलाड़ीले भने, के यो मेरो अन्तिम ग्राण्ड स्ल्याम टुर्नामेण्ट हुनसक्छ ? यसबारे म अहिले नै केही ठोकुवा त गर्न सक्दिनँ। म आउँदो साल फ्रेञ्च ओपन या अन्य कुनै ग्राण्ड स्ल्याम टुर्नामेण्टमा भाग लिनेछु या छुइनँ भन्ने कुरालाई लिएर म निश्चित छुइनँ।

जोकोविचले भने, मेरो इच्छा त अझ धेरै सालसम्म खेल्ने रहेको छ। यसको निम्ति म शारीरिक र मानसिक रूपले शत प्रतिशत फिट रहन चाहन्छु। यही मेरो लक्ष्य हो तर उमेरको यस मोड़मा म भविष्यलाई लिएर कुनै दावी गर्न सक्दिनँ। यसको साथमा जोकोविचले अल इङ्ग्ल्याण्ड क्लबले उनलाई अझ एउटा ग्राण्ड स्ल्याम एकल खिताब जित्ने असल अवसर प्रदान गर्ने पनि स्वीकार गरे। यस्तो गर्न सफल भए उनको ग्राण्ड स्ल्याम एकल खिताब २५ पुग्नेछ। यो एउटा यस्तो सङ्ख्या हो, जसलाई अहिलेसम्म कुनै पनि खेलाड़ीले हासिल गर्न सकेका छैनन् । विम्बल्डनमा सातपल्टका च्याम्पियन जोकोविचले भने, विम्बल्डन एकपल्ट फेरि च्याम्पियन बन्ने मेरो निम्ति असल मौका साबित हुने कुरासँग म सहमत छु। यो परिस्थितिहरूमाथि पनि निर्भर गर्नेछ तर अहिले म धेरै असल अनुभव गरिरहेको छु। जोकोविचले मङ्गलवार पुरुष एकलको पहिलो राउण्डमा एलेक्जेण्डर मुलरको सामना गर्नेछन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त