राष्ट्रिय राजमार्ग 55 राष्ट्रिय राजमार्ग 110 भइसकेपछि पनि पुरानो बोर्ड जस्ताको तस्तै

Share this news

खरसाङ, 28 जून (सन्त राई)ः पहिलाको कार्ट रोड, हिलकार्ट रोड त्यस पछि तेञ्जिङ नोर्गे पथ भएको सिलगढ़ीदेखि दार्जीलिङसम्मको सड़क दागोपाप कालमा राष्ट्रिय राजमार्ग 55 भएको हो। यो सड़क अहिले राष्ट्रिय राजमार्ग 110 भइसकेको छ। तथापि यस रोडको जग्गा-जग्गामा लेखिएको राष्ट्रिय राजमार्ग 55 को बोर्डलाई अझसम्म बदल्ने काम गरिएको छैन अथवा बोर्डमा राष्ट्रिय राजमार्ग 110 लेख्ने कार्य भएको छैन। यसो हुँदै धेरैले अझ पनि यो सड़कलाई राष्ट्रिय राजमार्ग 55 नै ठान्ने अनि भन्ने गरेका छन्। कतिपय संघ-संस्था अनि व्यक्तिहरूले निवेदन अथवा विज्ञप्ति लेख्दा अझ पनि राष्ट्रिय राजमार्ग 55 नै लेख्ने गरेका छन्। खरसाङको एउटा धार्मिक अनि सामाजिक संगठनका प्रतिनिधिलाई यो सड़क अहिले राष्ट्रिय राजमार्ग 110 भएको छ भनी अवगत गराउँदा आश्‍चर्च प्रकट गर्दै अहिलेसम्म आफूले राष्ट्रिय राजमार्ग 55 नै हो भन्ने ठानेर विज्ञप्तिमा पनि राष्ट्रिय राजमार्ग 55 नै लेखेको बताए। तिनले भने, यसरी सड़क राष्ट्रिय राजमार्ग 55 बाट राष्ट्रिय राजमार्ग 110 भएको भए सूचनाहरू प्रकाशित गर्न पर्ने हो। सड़कको ठाउँ-ठाउँमा लेखिएको बोर्डहरूमा राष्ट्रिय राजमार्ग 55 को साटो राष्ट्रिय राजमार्ग 110 लेख्नु पर्ने हो तर अहिलेसम्म त्यस्तो कहीँ देखिएको छैन। यसैले हामी जस्ता सर्वसाधरण यस विषयमा कसरी अवगत हुने? यसरी नै बाहिरबाट पहाड़ घुम्न आएका पर्यटकहरूले पनि यो सड़कलाई राष्ट्रिय राजमार्ग 55 नै बुझ्ने गरेका छन्। तिनीहरूले पनि आफूहरू रोहिणी रोडबाट राष्ट्रिय राजमार्ग 55 हुँदै खरसाङ आइपुगेको बताउने गर्छन्। सिलगढ़ीबाट प्रत्येक सप्तान्तमा खरसाङ घुम्न आउने एक पर्यटकले भने, म प्रत्येक शनिवार अथवा आइतवार खरसाङ घुम्ना आउछु तर राष्ट्रिय राजमार्ग 55 मा हुने गाड़ी जामको समस्यादेखि दिक्क लाग्छ। यो गाड़ी जामको समस्या समाधानको निम्ति प्रशासन अथवा सरकारद्वारा केही उपाय निकाल्न पर्ने हो। तिनले राष्ट्रिय राजमार्ग 55 अहिले राष्ट्रिय राजमार्ग 110 भएको बारेमा आफू अनभिज्ञ रहेको बताए। राष्ट्रिय राजमार्ग 55 राष्ट्रिय राजमार्ग 110 भएको वर्ष दिन हुन लाग्दा पनि यो सड़कको ठाउँ-ठाउँमा लगाइएको राष्ट्रिय राजमार्ग 55 को साईन बोर्ड बदल्ने काम गरिएको छैन। जनसाधरण र पर्यटकहरूको जानकारीको निम्ति सड़कको विभिन्न स्थानमा लगाइएका साईन बोर्डहरू बदली गर्नु पर्ने अथवा नयाँ साईन बोर्ड लगाउन पर्ने आवश्यकता देखिएको छ।


Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त