Kavita: The convicts were laughing...!!!

कविताः दोषीहरु हाँसिरहेका थिए…!!!

Share this news

 कविताः दोषीहरु हाँसिरहेका थिए…!!!

दोषीहरु हाँसिरहेका थिए…!!!
–राधा रसाइली
मिरिक, दार्जीलिङ।

पहाड़को टाकुरामा उभिएर संसार हेर्दैछु
चारैतिर घोर आतंक, खैला-बैला सुनें,
” मै हुँ” भन्दै धाक लाउँदै हिड़्नेहरुले
सीधा-सोझोलाई हेपेको देखें,
वलात्कार, हत्या, निन्दा गर्नेहरुको
लामा ताँत देखें,
गरीबलाई धनीको हेपाइ पनि देखें
सकेनन् आवाज उठाउन
बिचरा ! गरीब !!!!!
आफ्नै टाउको समाती घोप्टो परयो
उसको पक्षमा बोलिदिने कोही छैन
सहँदै गयो.. सहँदै गयो
यो धनीको संसार, मै हुँ भन्नेको संसार,
गरीब त त्यसै मर्ने भयो,
इज्जत पनि धनीकै, नाम पनि उसकै
आज धनीको कुकुर बिमार भएछ,
गरीबले सोध्नपर्ने
“हजूरको कुकुरलाई कस्तो छ ?” भनेर।
त्यही गरीब बिमार भयो आज
धनीले सोधेन, हेरेन पनि
कस्तो समाज हो यो ?
हिज एउटा सुधो, निर्दोष मान्छे
व्यर्थै विवादमा परयो अरे
दोषीहरु झ्याऊँ-झ्याऊँ कराए,
निर्दोषको पक्षमा बोलिदिने कोही भएन
कानूनले पनि उसलाई नै दोषी ठहरायो,
आफ्नु ढल्न लागेको घरलाई हेरयो
परिवार उभिएका रहेछन् आंगनमा
“म दोषी छुइनँ” भनेर
तीन शब्द मात्र बोल्न पायो उसले
अवाक भयो परिवार
त्यसपछि ….
कानूनको हातकड़ीले ती हातहरु बाँधिए,
अनि….
बिस्तारै-बिस्तारै उसलाई लगियो
पछि फर्केर हेरयो उसले
परिवार रोइरहेको थियो,
आफुलाई निर्दोष पनि सावित गर्न सकेन उसले
दोषी नै ठहरियो आखिरमा उ,
कानूनको हात अघि बढ़्यो
हातकड़ी लगाइयो,
अब
बिस्तारै उसलाई त्यहाँबाट लगियो
पछि फर्केर हेरयो उसले
दोषीहरु हाँसिरहेका थिए,
उनीहरू रमाइरहेका थिए…..।।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त