Inauguration of office of kalimpong-1 committee

कालेबुङ-१ समितिको कार्यालय उद्घाटन

Share this news

पञ्चायत राजको पुनःस्थापनाले गाउँ विकासमा ठूलो परिवर्तन ल्याएको छः विधायक

कालेबुङ-१ ग्राम पञ्चायत समितिको नव-निर्मित कार्यालयको सोमबार एक भव्य समारोहका बीच उद्घाटन गरिँदै, जिल्लाको स्थानीय शासन प्रणालीमा नयाँ अध्याय शुरू भएको घोषणा गरियो। यस अवसरमा राजनीतिक नेताहरू, प्रशासकीय अधिकारीहरू, स्थानिय जनप्रतिनिधिहरू तथा सर्वसाधारणहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो।

समारोहको उद्घाटन कालेबुङ विधायक रूदेन सादा लेप्चा तथा जिल्ला प्रशासक बालासुब्रमणियम टी ले संयुक्त रूपमा रिबन काटेर गरे। कार्यक्रममा एडीएम सुदिप्ता दास, एसपीएल एलएओ प्रितम लिम्बु, डीपीआरडीओ पेम शेर्पा, कालेबुङ-१ का बीडीओ समिरूल इस्लाम, कालेबुङ-1 पञ्चायत समिति सभापति ममता गुरूङ, सभासद्हरू क्रमैले सिनोरा नाम्चु, सुमन गुरूङ, विकास राई र हेमन्त थुलुङ राई, नगरप्रशासक रवि प्रधान लगायत विभिन्न अधिकारीहरू उपस्थित थिए।

Inauguration of office of kalimpong-1 committee
समारोह रिबन काट्ने कार्यक्रमबाट शुरू भई मन्तव्य, सम्मान गर्ने क्रममै सम्पन्न भयो। कार्यक्रमको विशेष आकर्षण भनेको कालेबुङकै आशिष भण्डारी को सम्मान थियो, जसले डब्ल्यूडीपीएस 2022 परिक्षामा २२औँ स्थान प्राप्त गर्दै राजस्व सेवा अन्तर्गत चयन भएका थिए। उनको उल्लेखनीय उपलब्धिलाई आयोजकले सम्पूर्ण पहाड़ी क्षेत्रका युवाहरूका लागि प्रेरणाको स्रोतको रूपमा सम्मान गरे।
जिल्ला प्रशासक बालासुब्रमणियम टीले आफ्नो मन्तव्यमा ग्राम पञ्चायत समितिको कार्यक्षमताको प्रशंसा गर्दै स्थानीय शासनलाई अझ पारदर्शी, उत्तरदायी, र सेवा-केन्द्रित बनाउन आह्वान गरे। उनले नयाँ कार्यालय मार्फत सेवा प्रवाहको गुणस्तरमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरे।
विधायक रूदेन सादा लेप्चाले नयाँ कार्यालयलाई “व्यवस्थित शासन” र “ग्रामीण विकास” को प्रतीकको रूपमा उल्लेख गरे। उनले पञ्चायत राज प्रणालीको पुनःस्थापनाले गाउँ तहमा जनकल्याण र विकासमा ठूलो परिवर्तन ल्याएको बताए।

नव-उद्घाटित कार्यालयबाट अब कालेबुङ-1 गाउँ पञ्चायत समितिले झन् प्रभावकारी, दक्ष, र जनमुखी सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ। अधिकारीहरूले यो नयाँ भवनलाई स्थानीय विकास, सार्वजनिक सेवा प्रवाह, तथा समुदाय सशक्तिकरणको केन्द्र बनाउने प्रतिबद्धता जाहेर गरेका छन्।
यस कार्यालयले आगामी दिनहरूमा समग्र कालेबुङ-1 क्षेत्रमा स्थानीय शासन र नागरिक सहभागितालाई थप सबल बनाउने विश्वास जनाइएको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त