कलेजहरूमा भर्ना प्रक्रिया शुरु

Share this news

खरसाङ,21 जून (मोहन प्रसाद): पश्‍चिम बंगाल केन्द्रिकृत भर्ना पोर्टल 2025-26 अन्तर्गत खरसाङ कलेज संगै राज्यको विभिन्न कलेजहरूमा भर्ना प्रक्रिया शुरु भएको छ। प्राप्त जानकारी अनुसार, पश्‍चिम बंगाल सरकारको उच्च शिक्षा विभागका भारप्राप्त मन्त्री ब्रत्या बसुद्वारा केन्द्रिकृत भर्ना पोर्टल 2025-26 को निम्ति गत 17 जूनमा खोलिएको थियो भने उक्त पोर्टल मार्फत् कलेजमा भर्नाको निम्ति पञ्जीकरण वा आवेदन गर्ने प्रक्रिया गत 18 जुनदेखि शुरू भएर आगामी 1 जुलाईसम्म चल्ने छ । यस अवधि, आगामी 6 जुलाईमा प्रथम मेरिट लिष्ट जारी हुनेछ भने 24 देखि 31 जुलाईसम्म सम्बन्धित कलेजहरूमा विद्यार्थीहरूद्वारा अनलाइन जमा गरिएको सम्बन्धित कागज-पत्रको जाँच गरिने छ। सोही अनुरूप 1 अगस्तदेखि सबै कलेजमा 2025-26 शिक्षा सत्रको कक्षा आरम्भ हुनेछ। खरसाङ कलेजका प्राचार्य डा. समीर बलले जनाए अनुसार केन्द्रिकृत भर्ना पोर्टल अन्तर्गत विद्यार्थीहरूले राज्यको 25 वटा कलेजमा अनि 25 वटा विषयहरूमा भर्नाको निम्ति उक्त पोर्टल मार्फत आवदेन गर्न सक्नेछन् । तिनले यो पनि जनाए कि आवेदन दाखिल गर्ने प्रक्रिया निःशुल्क रहेको छ। पश्‍चिम बंगाल सरकारको बंगला सहायता केन्द्रहरूमा पनि विद्यार्थीहरूले अनलाइन पञ्जीकरण अथवा फारम भर्न सक्नेछन्। इच्छुक विद्यार्थीहरूको निम्ति खरसाङ कलेजमा पनि हेल्प डेक्सहरू आरम्भ गरिएको छ। विद्यार्थीहरूले कलेजमा आएर यी हेल्प डेक्सहरू मार्फत अनलाइन भर्ना प्रक्रिया पुरा गर्न सक्नेछन्। यी हेल्प डेक्सहरूबाट विद्यार्थीहरूलाई भर्ना सम्बन्धमा आवश्यक जानकारी अनि सहयोग पनि प्रदान गरिनेछ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त