सुदन हमलाकाण्ड मुद्दा उच्च न्यायालयको प्रधान पीठमा पुग्यो

Share this news

दार्जीलिङ,21 जून (निस): जीटीए(गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन) क्षेत्रमा भएको अवैध शिक्षक नियुक्ति बिरुद्ध लडिरहेका गोखां प्राथमिक प्रशिक्षित शिक्षक संगठनका सुदन गुरूङमाथि भएको हमलाकाण्डको मुद्दा जलपाईगडी सर्किट वेञ्चको न्यायलयको एकलपीठले कलकत्ता उच्च न्यायालयको प्रधान पीठमा स्थानान्तरण गर्ने आदेश दिएको जानकारी सुधन गुरुङ विज्ञमिमार्फत् दिएका छन्। ज्ञात रहोस्, शिक्षा अभियानता सुधन गुरूडमाथि प्राणघातक हमला भएपश्चात सुधन गुरूङले उच्च न्यायलयमा यस बिरुद्ध उच्च न्यायलयमा मुद्दा दर्ता गरेका छन्। कलकत्ता उच्च न्यायालयको जलपाइगुढ़ी सर्किट बेन्बले उक्त दायर गरिएको रिट याचिकालाई कलकत्तास्थित प्रधान पीठमा (प्रिन्सिपल बेञ्चमा) स्थानान्तरण गर्ने आदेश दिएको छ। याचिकामा जीटीए क्षेत्र अन्तर्गत शिक्षक नियुक्तिमा व्यापक अनियमित्तता र सुथन गुरूरूडमाथि भएको सुनियोजित हम्लाकाण्डको स्वतन्त्र अनु‌सन्धानको माग गरिएको जसमासुधन गुरूङमाथि भएको आक्रमण सम्बन्धि एफआईआर नम्बर ५२/२०२५ को स्वतन्त्र अनुसन्धान सीबीआई वा अदालतको निगरानीमा एसआईटी मार्फत गरिनुपर्ने, जीटीए अन्तर्गत स्वयंसेवक शिक्षकहरूको अनियमित र अबैध नियुक्ति र स्थायीकरणमामाथि तथाशीघ्र रोक लगाइनुपर्ने, जुन प्रक्रियाविहीन र भ्रष्टाचारयुक्त रहेको दाबी गरिएको छ। जीटीए अन्तर्गत शिक्षकहरूको नियुक्ति प्रक्रियामा कुनै सार्वजनिक अधिसूचना र योग्यता परीक्षण बिना, सरकारी नियम उल्लंघन गरेर राजनैतिक सम्बन्ध र पैसाको बलमा नियुक्ति गरिंदै आएको छ। यस्ता अनियमितताहरू उजागर गर्न क्रियाशील रहेकै कारण याचिकाकर्तामाथि आक्रमण भएको जसको आधारमा एफआईआर दर्ता गरिएको दाबी याचिकामा गरिएको छ। न्यायलयले दुवै पक्षको अडान सुनेपश्चात यी विषयहरू प्रारम्भिक रूपमा कलकत्ता उच्च न्यायलयमा चलिरहेको मुद्दासँगै पनि सम्बन्धित भएकाले दुबै रिट एउटै पीठमा सुननु उपयुक्त ठहर गरिएको, त्यसैले सुधन गुरुङमाथि भएको हमला काण्डको याचिका सर्किट इजलासबाट मुक्त गरिएर सो मुद्दा कलकत्तास्थित प्रधान पीठमा स्थानान्तरण गरी संयुक्त रूपमा सुत्र सूचीबद्ध गरिएको सुधन गुरुङले विज्ञप्तिमा बताएका छन्। उनले भनेअनुसार विभागलाई फाइल स्थानान्तरणका लागि आवश्यक कदम चाल्न निर्देशन दिइयो। जीटीए शिक्षक अनि गैर शिक्षण नियुक्ति प्रक्रियामा भइरहेको अनियमितता राजनीतिक हस्तक्षेपको पृष्ठभूमिमा आएका यो आदेश मुद्राको थप न्यायिक परीक्षणका लागि मार्ग प्रशस्त गर्ने विश्वास उनले व्यक्त गरेका छन्।


Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त