बाँदरको उपद्रवले रिम्बिक-लोधोमाका कृषकहरु हैरान

Share this news

रिम्बिक,20  जून(निसं): रिम्बिक-लोधोमा क्षेत्र कृषिको निम्ति परिचित स्थल भएपनि हाल यो क्षेत्रमा बाँदरहरुको उपद्रवले कृषि व्यवसायमा रहेका कृषकहरु हैरान भएका छन्। स्थानीय कृषकहरुको भनाइ अनुसार, यहाँ अधिकांश मानिसहरु कृषि गर्छन्। आलु, इस्कुस , मकैसहित साग-सब्जीहरु प्रचुर मात्रामा उत्पादन हुने गर्छ। बर्षको यो समय मकैको बाली उठाउइने गरिन्छ। तर बढ्दो बाँदरको रगरगीका कारण कृषकहरु दिक्क बनेका छन्। हुलका हुल बाँदरहरु खेतमा पस्ने भएकाले सम्पुर्ण बाली नष्ट भइरहेको छ। यस्तोमा कतिपय कृषकहरुले बन बिभागतिर गुहार लगाइरहेका छन्। स्थानीयहरु दिनदिनै कृषि व्यवसायबाट बिमुख बनिरहेको अवस्थामा यसरी बन्य जन्तुहरुको उपद्रवका कारण कृषकहरुमा निराशाजनक प्रभाव परिरहेको छ। एक स्थानीय कृषकले बताए अनुसार, बाली तयार हुन नपाई बाँदर, दुम्सी, मृग लगायतका वन्य जन्तु लाग्ने गरेको छ जस कारण फसल पुर्ण रुप बर्बाद भइरहेको छ। यस्तोमा स्थानीयहरुले अनेक उपायहरु लगाईरहेका छन् तैपनि बदमासी नियन्त्रण भने भइरहेको छैन।
स्थानीय कृषकहरुले विभाग अनि क्षेत्रीय प्रशासनलाई यस प्रकारको वन्यजन्तुको उपद्रवदेखि सुरक्षा गरिदिने अनुरोध गरेका छन्।यस्ता फसल नष्ट गरिदिने वन्यजन्तुहरुको रगरगीलाई रोकथामको निम्ति पनि कृषकहरुले अनुरोध गरेका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त