राष्ट्रिय राजमार्ग १० मा पैह्रोले यातायात बन्द

Share this news

मनसून आरम्भसितै राष्ट्रिय राजमार्ग -१० (एनएच-१०) मा आवागमनमा अवरोध भएको छ। सिलगढ़ी, कालेबुङ र सिक्किम जोड्ने यस महत्त्वपूर्ण सडकमा निरन्तर वर्षाका कारण प्रमुख सड़क खण्डहरूमा ठूलो क्षत्ति पुगेको छ। विशेष गरी मल्ली र किर्ने क्षेत्रहरूमा सड़क भत्किएको छ।

कालेबुङ जिल्ला पुलिस अधीक्षक हरि पाण्डेले यसबारे पुष्टि गरेका छन्। पाण्डेअनुसार बिहानैदेखि बड़ेको वर्षाले पैह्रो गएर सड़कका केही मागहरू पूर्ण रूपले नचल्ने अवस्थामा पुगेको छ। त्यसले गर्दा आगामी दिन अझ गम्भीर ट्राफिक समस्या देखिन सक्ने सम्भावना बनेको छ। अहिले वैकल्पिक मार्गको अभावमा यात्रीहरूले ठूलो कठिनाइ भोगिरहेका छन्। प्रभावित क्षेत्रहरू अझै जोखिमपूर्ण बन्दै गइरहेको छ, जसका कारण प्रशासनले अनावश्यक यात्रा नगर्ने सुझाउ दिएको छ।

Landslide at NH 10

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त