कुखुराको चल्ला-चारो अनि कोदोको विजन वितरण

Share this news

गोक, 20  जुन(निसं): कृषकहरुलाई कसरी स्वनिर्भर बनाउन सकिन्छ भन्ने प्रमुख उदेश्यको साथमा कृषि विभाग तथा सोयल कञ्जर्भेसन हिल डेभलपमेन्ट  दार्जिलिङको प्रमुख सक्रियतामा दार्जिलिङ पुलबजार खण्डको गोक दुई ग्राममा रेनफल एरिया डेभलपमेन्ट क्लाइमेट चेञ्ज (आरएडीसीसी) प्रकल्प-2025-26 अन्तर्गत कुखुराको चल्ला तथा यसको निम्ति आवस्यक खाद्यान्न सगै कोदोको बिजन एक कार्यक्रमबीच मगलबार वितरण गरियो। स्थानीय गोक दुई ग्राम पञ्चायत कार्यालय पदेङ परिसरमा आयोजित कार्यक्रममा सहकृषि निर्देशक भुमी सगरक्षण शाखा कृषि विभाग जीटीए प्रभु नारायण बस्नेत, विभागीय अधिकारी गणेश खनाल, खण्ड कृषि विभाग अधिकारी दार्जीलिङ-पुलबजार खण्ड अभिनव बागदास, पुल बिजनबारी गोक समष्टि सभासद भुपेन्द्र छेत्री, खण्ड पञ्चायत समिति सभाधिपती दिक्छेन बम्जन, खण्ड कृषि विभायीय कर्माध्यक्ष मिलन प्रधान सगै ग्राम पञ्चायत  प्रधान एण्डुप लेप्चा उपप्रधान रिन्छेन लेप्चा लगायतको विशेषरूपमा उपस्थित रहेको थियो भने उनीहरूकै बाहुलीबाट ग्रामभरीका चिन्हित लाभार्थीहरुलाई जनयी पचासवटा कुखुरा चल्ला यसको निम्ति आवस्यक 150 केजी खाद्यान्न सगै कोदोको विजन वितरण गरियो। कार्यक्रममा बोल्दै सरकारले समय अनुसारकै विभिन्न प्रजातीको अन्नहरुको  विजनसगै किसानहरुलाई स्वनिर्भर बनाउन विभिन्न  परियोजनाहरु संचालनमा ल्याएको तथा यसको निम्ति सबै जागरुक हुनुपर्ने विभागीय अधिकारीले बताएका छन भने पहाडमा पञ्चायत  तथा पञ्चायत  समितिको चुनावपछि मात्रै  यस्तो विभिन्न परियोजनाहरु बारेमा मानिसहरूले जान्न पाएको तथा फाइदा उठाउन थालेको पञ्चायत समिति सभाधिपति दिक्षेन बम्जनले बताइन् भने यस पहलको निम्ति जीटीए कार्यपाल अनित थापाप्रती आभार प्रकट गरिन।अर्कोतिर विभागमा विभिन्न परियोजनाहरु बारेमा आफुहरुले भर्खरै मात्रै जानकारी पाउन थालेको तथा किसानहरु भलाइको निम्ति हुने योजनाहरु खोज्न विभागीय स्तरमा लागि परेको कृषि विभायीय कर्माध्यक्ष मिलन प्रधानले बताए। यसैगरी यस्तो परियोजना आफ्नो ग्राम पञ्चायतमा आयोजना गरेकोमा सबैलाई ग्राम पञ्चायत प्रधान एन्डुप लेप्चाले आभार व्यक्त गरे।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त