पपुलर हुदैछ बालुवाबास झोलुङ्गे पुल स्काई वक

Share this news

चुङथुङं18जून(निसं): स्काई वक झोलुङ्गे पुल बालुवबासमा प्रति दिन घुम्न आउनेहरुको भीड देखिन थालेको छ। गत 13 जून शुक्रबादेखि नाल डाँडा बाटोको उद्घाटन भएदेखि यसो स्थानीय मानिसहरू लगायत पर्यटकहरू धेरै आउन थालेका छन्। अहिले बाटोको सुविधा भएर नै गाड़ी, स्कुटी बाईक आदिमा घुम्न आउनेहरुको भीड बढ्न थालेको नाल डाँडा गाउँ निवासी सुदेश खवास, सुरज तामाङ आदिले जनाए। गर्मी धेरै छ तर पनि स्थानीय लगायत बाहिरका पर्यटकहरूको आगमन बालुवाबासमा भईरहेको खवास र तामाङले बताए। पुल-बिजनबारी क्षेत्रमा धेरै होम स्टेहरु छन् जहाँ आउने पर्यटकहरुको निम्ति बालुवा बासमा निर्मित स्काई वक झोलुङ्गे पुल पनि एउटा थप पोइन्ट हुन गएको छ। यस बाहेक अझ थप योजनाहरू बालुवा बासमा निर्माण भए बालुवाबास धेरै रमाईलो अनि महत्वपूर्ण भएर जाने प्रशस्त सम्भावनाहरु देखिन्छ। जहाँ धेरै पर्यटकहरूको आगमन हुनु भनेको नै बेरोजगारहरुको
निम्ति रोजगारको व्यवस्था हुनु हो। गत 13 जुनको दिन आयोजित नाल डाँडा बाटोको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि अजय एडवर्डले थप योजनाहरू केफे, जिपलाइन आदि निर्माण गर्ने कुराहरु पुनः दोहोर्‍याएका थिए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त