मगर संघको स्थापना दिवस आयोजित

Share this news

डुवर्स अलिपुरद्वार जिल्ला अन्तर्गत दलसिंहपाडाको डुवर्स हेरिटेज होटेलमा अखिल भारतीय मगर संघको स्थापना दिवस शनिबार आयोजना गरिएको थियो। कार्यक्रमको अध्यक्षता बरिष्ठ साहित्यकार डा. जीवन राणाले गरेका थिए। मुख्य अतिथिको रुपमा आसामबाट नन्दलाल राणा उपस्थित रहेका थिए। विशिष्ट अतिथिहरूमा संघकी संरक्षिका श्रीमती अमृता राणा, गणेश आले, प्रभात थापा, दलसिंहपाडा ग्राम पञ्चायत समितिकी प्रधान माया आले, उप प्रधान दिलीप थापा, शान्ति राणा, उत्तम थापा, शरण मगर, सर्बिन थापा आदि उपस्थित रहेका थिए। उक्त कार्यक्रममा स्वागत वक्तव्य अनिल थापाले अनि प्रतिवेदन मेघराज थापाले प्रस्तुत गरेका थिए।
अध्यक्ष जीवन राणाले स्थापना कालदेखि हालसम्म भएको विभिन्न कार्यक्रमहरूमा छिमेकी राज्यहरूबाट पनि उपस्थितिको सहयोग रहेको बताए। उनले मगर बोर्डबाट एक पैसा पनि नलिएको सबैमा सार्वजनिक गरे। उक्त कार्यक्रमको सञ्चालन स्वगन थापा र योगेश थापाले गरेका थिए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त