रोड नै चुडिए पछि

Share this news

पानीघट्टा, : ( निसं) रोड नै चुडिए पछि स्कुटी बाईक साथै दिनहुँ आउजाउ गर्ने गाडीहरू अहिले धेरै लामो रोड बेलगाछी भएर कुद्नु पर्ने बाध्यता बनेको छ। गत बुधबार परेको अविरल बर्षाको कारणले कटहरेदेखि खोप्रेल साथै भारत नेपाल सीमावर्ती क्षेत्र लोहागढसम्म जोडिएको रोड मंन्जा खोलाले आधा भाग नै बगाएर लगिदिएको छ। बुधबार पानी संग संगै मंन्जा खोलाको जलस्तर बडेर रोड  को आधा भाग नै बगाएर लगेको स्थानीय मानिसहरू बताउँछन्। कटहरे देखि केही माथि रहेको पुलको बर्षौदेखि जीर्ण अवस्था  छ भने पुल संगै जोडाएर जेसीभीले माटो हालेर मंन्जा खोलाको बगरमा अस्थायी रोड जीटीए बिभागबाट निर्माण गरेको थियो। बर्खाको समयमा गाडी घोडादेखि लिएर आम मानिसहरूलाई आउजाउ गर्न सुबिधा होस भनी अस्थायी रोड निर्माण गरेका थिए।उक्त रोडलाई ठूलो पानी पर्यो की  बर्षै पछि बगाएर लान्छ। तराई क्षेत्रका मानिसहरूले २००३ को ८ जुलाई देखि यो पुल र यसै रोडको स्थाई समाधान को मांग गर्दै आएका हुनू । तर यो रोड र यो पुल चुनाव को समयमा राजनीतिक नेताहरूको मागी खाने भाँडो मात्र भईरहेको पनि तराईको जनता बनाउँछ। गत बुधबार  परेको मुसलधारे पानीले रोड नै लाथालिङ्गै पारेर बगाए पछि अहिले पानीघट्टाको रोड भएर कटहरे हुँदै ख‍ोप्रेल नोला छोटाटिङलिङ पुटुङ र लोलागढ आउजाउ गर्ने सम्पूर्ण गाडीहरू बेलगाछीको रोड भएर कुद्नु पर्ने बाध्यता बनेको छ। सम्बन्धित निकायले यसलाई चाँडै स्थाई समाधान नगरे तराईको जनता सडकमा उत्रीएर बिरोध गर्ने बताएका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त