विभिन्न देशलाई पहलगाम र अपरेशन सिन्दुर बुझाउने

Share this news

विभिन्न देशलाई पहलगाम र अपरेशन सिन्दुर बुझाउन

टोलीको नेतृत्वमा हर्षबर्द्धन श्रृङ्ला

दार्जीलिङ, 18 मई (निसं): पहलगाममा भएको आतङ्कवादी आक्रमण साथै पाकिस्तान विरूद्ध भएको अपरेशन सिन्दुरको औचित्यबारे विश्वका विभिन्न देशहरूलाई बुझाउने उद्देश्य राखेर केन्द्र सरकारले गठन गरेको 8 वटा समूहमध्ये एउटा समूहको नेतृत्व दार्जीलिङे छोरो एवं पूर्व विदेश सचिव हर्षबर्द्धन श्रृङ्लाले गर्ने भएका छन्। जसमा दार्जीलिङवासी जनताले हर्ष तथा गर्व अनुभव गरेका छन्। जम्मू कश्मीरको पहलगाममा आतङ्कवादीहरूद्वारा विभिन्न राज्यका 26 जना पर्यटकको निर्मम हत्या गरिएको थियो। त्यस आक्रमण काण्डमा पाकिस्तानको हात रहेको उदाङ्गो भएपछि भारतीय सेनाले पाकिस्तान विरूद्ध अपरेशन सिन्दुरअन्तर्गत पाकिस्तानका आतङ्कवादी ठेगानाहरूमा हमला गरेको थियो। जसमा कैयौं आतङ्कवादीहरूको ज्यान गएको जनाइएको छ। पहलगाममा निर्दोष मानिसहरूको निर्मम हत्या अनि अपरेशन सिन्दुर किन गर्नपऱ्यो भन्नेबारे विश्वका विभिन्न देशहरूलाई बुझाउनका लागि नै केन्द्र सरकारले 8 वाट समूहको गठन गरेको छ. जसमा विभिन्न राजनैतिक पार्टीहरूका सांसदहरूका साथैकुटनीतिज्ञहरूलाई सामेल गरिएको जानकारी पाइएको छ। जसमध्ये एउटा समूहको नेतृत्व हर्षबर्द्धन श्रृङ्लाले गर्ने भएका छन्। देशका कुटनीतिज्ञहरूमा हर्षबर्द्धन श्रृङ्लासँगै पूर्व भारतीय राजदूत जावेद अशरफ, मोहन कुमार र सुजन चिनोय सामेल छन्। प्राप्त जानकारीअनुसार, विश्वका विभिन्न देशहरूको भ्रमणमा रहने एउटा समूहमा 5 जना सांसद र एकजना वरिष्ठ कुटनीतिज्ञ सामेल रहनेछन्। सांसद तथा कुटनीतिज्ञहरू सामेल रहने यी प्रतिनिधि मण्डलहरू आगामी 21 र 22 मईका दिन विभिन्न देशको भ्रमणमा प्रस्थान हुनेछन् भने यी प्रतिनिधि मण्डलहरूले अमेरिका, बेलायत, युरोपेली संघ, रुस, जापान, दक्षिण अफ्रिका र पश्चिम एशियाका विभिन्न देशहरूको भ्रमण गर्ने भएका छन्। यी प्रतिनिधि मण्डलहरूमध्ये एउटा टोलीको नेतृत्व नेशनल कंग्रेस पार्टी (एनसीपी)-की सांसद सुप्रिया सुले र शिवसेनाका सांसद श्रीकान्त शिन्देले गर्ने भएका छन् भने अन्य समूहहरूमा भाजपाका राजीव प्रकाश रूढ़ी, अनुराग ठाकुर, निशिकान्त दुबे, तेजस्वी सूर्या, तृणमूल कंग्रेसका कमरूल इस्लाम लगायतका नेताहरू सामेल हुनेछन्। पूर्व केन्द्रिय मन्त्री एवं कंग्रेस नेता शशि थरूरले फ्रान्स, जर्मनीका मुख्यालयहरूको भ्रमण गर्ने टोलीको नेतृत्व गर्ने जानकारी प्राप्त भएको छ।


Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त