पुल चर्किएको विषयमा सांसद विष्टद्वारा मन्त्री गड़करीसित सम्पर्क

Share this news

कालेबुङ, १९ मई (निस)ः राष्ट्रिय
राजमार्ग ७१७-ए अन्तर्गत नवनिर्मित लूप ब्रिज (जनसाधारणले सेलरोटी ब्रिज वा स्नेक ब्रिज भनेर चिन्ने) मा देखिएको संरचनात्मक क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै दार्जीलिङ लोकसभा सांसद राजु विष्टले भारत सरकारका सड़क, यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीलाई औपचारिक रूपमा सम्पर्क गरेका छन्। प्रेस विज्ञप्तिमार्फत सांसद विष्टले पुलमा देखिएको प्रारम्भिक संरचनागत समस्याहरूले निर्माणको गुणस्तरमाथि गम्भीर प्रश्न उठाएको जनाएका छन्। सार्वजनिक सुरक्षाको हिसाबले यसलाई अत्यन्त चिन्ताजनक मानिएको पनि स्पष्ट पारेका छन्। विष्टअनुसार पुलको सतह
र आधार दुवैमा चिराहरू देखिनु साथै वरिपरि जमीनहरू दबिने स‌ङ्केतसमेत देखा परेका बताएका छन्।
६ महीनाअघि मात्र निर्माण कार्य पूरा भएको यस लूप ब्रिजको अझसम्म औपचारिक उद्घाटन गरिएको छैन, विष्टले विज्ञप्तिमा उल्लेख गरेका छन्।
यस्तो प्रारम्भिक संरचनात्मक क्षति देखा पर्नाले निर्माण कार्यको गुणस्तरप्रति गम्भीर प्रश्न उठेको छ, जुन स्थानीय वासिन्दा र यात्रीहरूका लागि ठूलो जोखिम हो।
सांसद विष्टले मौसम र भूगर्भीय जोखिमसमेत औंल्याएका छन्। हाल दार्जीलिङ र कालेबुडका पहाड़ी क्षेत्रमा मनसून आरम्भ भइसकेको हुँदा यस्तो अवस्थाले सड़क संरचनामा थप जोखिम उत्पन्न गरेको छ। यात्रीहरू र स्थानीय वासिन्दाहरूबाट उजागर भएको अर्को चिन्ताको विषय भनेको सेलरोटी गोलाई खण्डमा अपर्याप्त प्रकाश व्यवस्था हो।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त