आदि पत्रकार पादरी गङ्गाप्रसाद प्रधानको 174औं जयन्ती पालन

Share this news

बिजनबारी, 6 जुलाई(निसं): आदि पत्रकार तथा नेपाली साहित्य इतिहासका अग्रज, प्रथम सम्पादक,प्रथम नेपाली बाइबल अनुवादक, पादरी गङ्गाप्रसाद प्रधानको 174औं जन्म जयन्ती शुक्रबार रेलिङमा पालन गरियो।
स्थानीय हाउस अफ जोय तथा हाउस अफ फिस लोवर रेलिङमा आयोजना गरिएको कार्यक्रमको अवसरमा मनसुन फ्री क्याम्पको समापन समेत गरिएको थियो भने कार्यक्रममा वरिपरिका साहित्य अनुरागीसंगै इसाई धर्मवालम्बीहरुको विशेष रूपमा उपस्थित थियो।
कार्यक्रममा मुख्य रूपमा पादरी गगाप्रसाद प्रधानले गोर्खा समाजमा पुर्‍याएको योगदानलाई उपस्थिति सबैलाई जानकारी गराइयो भने आजको युवावर्गहरुमा प्रधान बिस्तारै अनजान हुदै गएको तथा यो सबैको कारण उनको योगदानलाई गोर्खा समाजले औपचारिक रूपमा मात्रै पालन गरेर युवाहरूमा पुर्‍याउन नसकेकोमा दु:ख प्रकट गरियो। यसका साथै सबैको जिम्मेवार प्रधान केन्द्रित विविध कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिएको आयोजक समितिको पक्षमा अमित सिङ्गोकले जानकारी गराए।
उनले बताए, पादरी गङ्गाप्रसाद प्रधानले गोर्खा समाजलाई अतुलनीय योगदान पुर्याएका छन। उनले 18 वर्षको उमेरसम्म दार्जीलिङको गिङ कमानमा कोइला बोक्ने साथै चियाश्रमिकको रूपमा कार्य गरेका थिए भने आफ्नो जीवनको 19 वर्ष पुग्दा उनी प्रथमपटक स्कूलमा अक्षरहरू चिन्न भर्ना भएका थिए। शिक्षा आर्जन गरे पछि केही वर्ष शिक्षकको रूपमा पनि कार्य गरेका प्रधानले सन् 1901 सालमा एउटा प्रेसलाई किनेर द गोर्खा प्रेस- भनेर नयाँ नाम दिए पछि त्यस प्रेसबाट पहिलो गोर्खे खबर कागत समाचार पत्रिका प्रकाशित गरेका थिए। जुन
‘गोखें खबर कागत’ दार्जीलिङको ने सबैभन्दा जेठो मासिक समाचार पत्रिका मानिन्छ। यसका साथै पादरी गङ्गाप्रसाद प्रधान 1914 सालमा प्रथमपल्ट बाइबललाई नेपालीमा अनुवाद गरे अरू धेरै किताबहरू पनि प्रकाशीत गरे। जाति, भाषा, साहित्य अनि शिक्षमा उनको योगदान अहम छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त